इटहरी / बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी भन्ने नाराका साथ नेपाल सरकार महिला बालबालिका तथा जेष्ठ नागरिक राष्ट्रिय बालबालिका परिषद् मन्त्रालयको आयोजनामा इटहरीमा वालवालिका खोजतलास सेवा (१०४) संचालन तथा वाल संरक्षण घटना व्यवस्थापन सम्बन्धि  तालिम गराइएको छ ।

महिला बालवालिका तथा जेष्ठ नागरिक मन्त्री माननीय भगबती चौधरीको प्रमुख आतिथ्य तथा कोशी प्रदेशका सामजिक विकास मन्त्री माननीय पि.के. राईको विशिष्ट आतिथ्यता नेपाल सरकार महिला बालबालिका तथा जेष्ठ नागरिक राष्ट्रिय बालबालिका परिषद् मन्त्रालयको आयोजनामा वालवालिका खोजतलास सेवा (१०४) संचालन तथा वाल संरक्षण घटना व्यवस्थापन सम्बन्धि  तालिम गराइएको छ । तालिममा बालबालिका खोजतलासका ४० जना प्रहरीलाई सोमबार र मंगलबार तालिम गराइने भएको छ ।

सडकमा रहेका बालबालिकाहरूलाई संरक्षण दिदै बालबालिकाहरूको खोज अनुसन्धान गर्दै आएको  राष्ट्रिय बालअधिकार परिषदका अध्यक्ष बालकल्याण अधिकारीले बताउनुभयो । बालबालिकाहरूलाई शिक्षा समेत दिदै उहाको भनाइ छ । प्रहरीहरूलाई दिएको तालिमले खोजतलास गर्न सजिलो हुने उहाँको भनाइ छ ।

देश भरिका भरिका ४ सय ७८ वटा बाल गूहमा राष्ट्रिय बालअधिकार परिषदले प्रमाण पत्र दिएर नियमन गर्दै संरक्षण गर्दे  महिला बालवालिका तथा जेष्ठ नागरिक मन्त्री माननीय भगबती चौधरीले बताउनुभयो । भोलि देशका बालबालिका देशका कणणदार भएकाले बालबालिका मन्त्री परिषद्ले संरक्षण गर्ने उहाँ भनाइ छ । 

भ्वाईस अफ चिल्ड्रेन र युनिसेबले सहकार्य गरेको थियोे । तालिमले प्रहरीहरूलाई बालबालिकाहरूको खोजतलास गर्न सजिलो हुने भ्वाईस अफ चिल्ड्रेनका कार्यक्रम संयोजक गोविन्द कोइरालाले बताउनुभयो ।

सो कार्यक्रममा कोशी प्रदेश प्रहरी प्रमुख चन्द्र कुबेर खापुङ  ,इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी टेकबहादुर कार्की , बर्जु गाउँपालिका अध्यक्ष जिवछ कुमार राय, प्रहरीहरू , भ्वाईस अफ चिल्ड्रेनका प्रतिनिधिहरू लगाएतको सहभागी रहेको थियोे ।