इटहरी / कोशी प्रदेशका पर्यटकीय गन्तव्यहरु चिनाउनका लागि शुक्रबारदेखि इटहरीमा तीन दिने इस्टर्न ट्राभल मार्ट २०२४ गरिने भएको छ । 

कोशी प्रदेशका पर्यटकीय क्षेत्र तथा पर्यटन व्यवसायलाई फस्टाउन कोशी प्रदेशको इटहरीमा नेपाल पर्यटन बोर्ड भृकुटीमण्डप काठमाण्डौंको आयोजनामा यहीँ जेष्ठ २५ गतेदेखि २७ गतेसम्म इस्टर्न ट्राभल मार्ट २०२४ हुने भएको छ । 

इटहरीको सोल्टी वेस्टेण्डमा हुने कार्यक्रममा छिमेकी देश भारतका विहार, पश्चीम बंगाल सिक्किम प्रान्त, भुटान र बंगलादेश समेतका गरी ८० भन्दा बढी ट्राभल व्यवसायी, पर्यटनकर्मी, पर्यटन पत्रकार, पर्यटन अभियन्ताहरुको सहभागीता रहने छन् भने  नेपालका खासगरी लुम्बिनी, बाग्मती, गण्डकी, मधेश र अन्य प्रदेशका ५० जना भन्दा वढी ट्राभल व्यवसायीहरुको सहभागीता गराइने  इस्टर्न ट्राभव मार्टका संयोजक भविस कुमार श्रेष्ठले बताउनुभयो । कोशी प्रदेश पनि पोखरा गण्डकी जस्तै पर्यटकीय क्षेत्र रहेको भन्ने देखाउने उहाँको भनाइ छ ।

नेपाल पर्यटन बोर्डको  ३० लाख लागत र सो रकमको २० प्रतिशतले हुन आउने रकममा इटहरी उपमहानगरपालिकाले सहयोग गर्ने इस्टर्न ट्राभव मार्टका सचिव बासुदेव बरालले बताउनुभयो ।

नेपाल बाहेकका आमन्त्रीत व्यवसायीहरुलाई कार्यक्रमको दोश्रो दिन २६ गते कोशी प्रदेशका विभिन्न पर्यटकीय स्थलहरुको भ्रमण गराईने

आयोजनका कोषाध्यक्ष तेजबहादुर पुरीले बताउनुभयो । पर्यटकीय क्षेत्रहरू घुमाएर पर्यटन व्यवसाय फस्टाउन सक्ने उहाँको भनाइ छ ।कोशी प्रदेशमा सञ्चालित तारे होटलहरु प्रदेशका मुख्य गन्तव्यहरू धनकुटा, वसन्तपुर , फिदिम इलाम झापा र धार्मिक स्थलहरूमा भ्रमण कार्यक्रम समेत रहेको छ ।

कोशी प्रदेशमा हालसम्म संचालित तारे होटलहरु प्रदेशका मुख्य गन्तव्यहरु र धार्मीक स्थलहरु, हस्पीटालिटि मेनेजमेन्ट कलेजहरु गरी ३० वटा भन्दा बढी स्टल रहने छ । कार्यक्रममा स्थानिय संस्कृति झल्किने सांस्कृतिक कार्यक्रम प्रस्तुति देखाउने भएको छ । कार्यक्रम कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले उद्घाटन गर्ने भएका छन् ।

कार्यक्रमको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले इटहरीको होटल सोल्टी वेस्टेण्डमा सञ्चालन हुने र कार्यक्रमको समापन झापाको पूर्व नाकामा अवस्थित होटेल, मेची क्राउनमा ज्येष्ठ २७ गते गरिने संयोजक श्रेष्ठले बताए । कार्यक्रमले धार्मिक तथा पर्यककीय क्षेत्र र पर्यटन व्यवसाय फस्टाउने आयोजकको दावि छ ।