सुनसरी/ सुनसरीको तरहरास्थित हाँसपोसा सामुदायीक वनमा अवैध वन फडानी गरेको पाइएको छ। तरहराको चारकोशे जङ्गल क्षेत्रमा रहेको सामुदायीक वनमा पोखरी खन्ने बहानामा बिभिन्न जातका एक दर्जन रुखहरु कटान गरिएको हो।

चुरे उत्थानशिल आयोजना अन्तरगत सामुदायीक वनलाइ प्राप्त भएको ंकरिव ५ लाख रुपैँयाको लागतमा वन क्षेत्रमा पोखरी खन्न लागिएको थियो। चराचुरुङ्गी तथा वन्यजन्तुलाई पानि खानका लागी पोखरी खन्ने क्रममा जेसिभिले ति रुख विरुवाहरु उखेलेको हो।

पोखरी खन्ने वाहानामा यसरी वहुमुल्य रुखहरु कटान गर्नु अवैध भएको स्थानीय नवराज मैनालीले बताउनुभयो। 

यता सामुदायिक वनका कार्यवाहक अध्यक्ष गोमा बिश्वकर्माले आफुहरुबाट गल्ति भएको स्विकार्नु भएको छ। पोखरी खन्ने क्रममा समितिका पदाधिकारीहरु बाहिर भएको वेला जेसिभि चालकले अनजान वस रुख ढालेको प्रतिक्रिया दिनुभएको छ। 

कुनैपनि बहानामा रुख कटान गर्न नपाइने भएकोले यस बिषयमा जिल्ला वन कार्यालय सुनसरीले आवश्यक छानविन शुरु गरेको बताएको छ।