इटहरी/ इटहरी ४ स्थित सेफर्ड चिल्ड्रेन एकेडेमीका बिद्यार्थीले बिबिध कार्यक्रमका साथ बिश्व वातावरण दिवस मनाएका छन्। बिद्यार्थीले स्कुल परिसरमा बिरुवा रोप्नुका साथै जनचेतनामुलक कार्यक्रम गरेर दिवस मनाएका हुन्।

fiveबिश्व वातावरण दिवसको अवसरमा बुधबार स्कुलका प्ले ग्रुप देखि कक्षा ५सम्मका बिद्यार्थीले स्कुल परिसरमा बिभिन्न प्रजातीका बिरुवा रोपेर वाताबरण दिवस मनाएका छन्।four 1यस्तै कक्षा ६देखि कक्षा १० सम्मका बिद्यार्थीले १५वटा टोलि बनाएर इटहरी ४ का करिव २सय घरहरुमा वातावरण संरक्षण सम्बन्धी जनचेतना फैलाएको एकेडेमीका प्रिन्सिपल मिलन राईले बताउनुभयो।

two 1

स्कुलको यस्तो कार्यक्रमलाई इटहरी ४ बासीले राम्रो प्रतिकृया दिएको बिद्यार्थीले पूर्वीखबरलाई बताएका छन्।

three 1यस्तै केहि बिद्यार्थीले वृक्षरोपन र वाताबरण संरक्षण सम्बन्धि प्रोजेक्ट वर्क गरेका प्रिन्सिपल राईले जानकारी दिनुभयो।

one 1seven