केराबारी/ इलाका प्रहरी कार्यालय केराबारीले ९सय १ ट्याब्लेट लागुऔषधसहित स्थानीय दुईजना युवालाई नियन्त्रणमा लिएको छ। प्रहरीले केराबारी ८का १९बर्षीय सनम लिम्बु र ३९बर्षीय यज्ञ बहादुर श्रेष्ठलाई नियन्त्रणमा लिएको हो।

drugसनमको घरमा लागुऔषधको कारोबार भईरहेको भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरी टोलिले सनमसँगै लागुऔषध सेवन गरिरहेको अवस्थामा केराबारी ८कै श्रेष्ठलाई फेला पारेको प्रहरीले जनाएको छ।

प्रहरीले लिम्बुको घर खानतलासी गर्दा लुकाइ राखेको अवस्थामा Tramadol ४ सय ५०ट्याब्लेट र Sparest  ४ सय ५१ ट्याब्लेट बरामद गरेको छ। 

पक्राउ परेका दुवैजनालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बेलबारी पठाईएको केराबारी प्रहरीले जनाएको छ।