नयाँ चलचित्र सुर्यस्त प्रर्दशनमा आएसँगै नेपाली रजतपटमा निकै सम्भावना बोकेकी नायिकाको डेब्यु हुने भएको छ। उनको नाम हो अफ्सरा राई


सोलुखुम्बुबाट अभिनय र कला क्षेत्रकै लागी भनेर काठमाडौ बसाई सरेकी राई चलचित्रको अभिनय यात्रा सुखद बनाउन चाहन्छिन। केहि म्युजिक भिडीयोमा कला र प्रतिभा प्रस्तुत गरिसकेकी अफ्सरा अवका दिनमा नेपाली रजतपटमा रम्न चाहेको प्रतिकृया दिन्छिन।


चलचित्र सुर्यस्तमा शिर्ष भुमिकामा निर्देशक राज बस्नेतले डेव्यु गराएपछि उनी अझै उत्साहित बनेकी छिन। जस्तो सुकै भुमिकामा जमेर अभिनय गर्न सक्ने खुवी रहेको बताउने राईलाई पछिल्लो समय केहि चलचित्र र बिज्ञापनमा पनि अफर आउन थालेको छ।


अभिनय र नृत्यको प्रशिक्षण लिदै आएकी उनी राजधानीको मैतिदेवी बस्दै आएकी छिन। अन्जु पन्त, शिब परियार र अन्य केहि गायकका म्युजिक भिडियोमा मोडलिङ गरिसकेको अप्सरा अंग प्रर्दशनका मामलामा पनि उदार छिन। समाजमा पच्ने जति देखाउन कुनै आपत्ती नभएको बताउने उनी परिवारले कला क्षेत्रमा लाग्दा साथ दिएको बताउछिन्। afsara 2

-शब्द तस्विर अर्जुन काफ्ले