पौडेल बंश प्रतिष्ठान परिसरमा सामुदायीक भवनको शिलान्यास

  • न्युजडेस्क
  • प्रकाशित मिति: बैशाख ६, २०७६

मोरङ्गको सुन्दरहरैँचा ७ मा निर्माण हुने सामुदायीक भवनको शिलान्यास गरिएको छ। पौडेल बंश प्रतिष्ठान परिसरमा निर्माण हुने सामुदायीक भवनको शुक्रबार एक कार्यक्रमका बीच शिलान्यास गरिएको हो। IMG_8180

बैदिक मन्त्रोच्चारणसहित गरिएको शिलान्यास कार्यक्रममा सिंह राशि भएका पौडेल बन्धु मदन पौडेलले शिलान्यास गर्नुभएको थियो। शुक्रबार बिहान ७ बजेर ४५ मिनेटमा गरिएको कार्यक्रममा प्रतिष्ठानमा आवद्व बिभिन्न पदाधिकारी एवं पौडेल बन्धुहरुको उपस्थिती थियो। IMG_8121

प्रतिष्ठान परिसरमा निर्माण हुने सामुदायीक भवनका लागि निर्वाचन क्षेत्र पूर्वाधार बिकास कोष मोरङ्गबाट प्राप्त नौ लाख रुपैँयालगायतको रकमबाट प्रारम्भिक कार्य थालिएको प्रतिष्ठानले जनाएको छ।


सञ्चालक/सम्पादक: त्रिलोचन पौड्याल

मोबाइल नं.: ९८५२०४९३५१

ठेगाना: इटहरी–६ सुनसरी

बिज्ञापनका लागि : ०२५-५८९३५१ / [email protected]

सूचना विभाग दर्ता नं. ३८९/०७३–०७४

Copyright © 2015 / 2023 - Purbikhabar.com All rights reserved