भेनेजुएलाकी मोडल एलेइरा एजेन्डानो कम्मरलाई जिरो फिगरको बनाएर विश्वको ध्यान तान्न सफल भएकी छन। उनको शरीरको बनावट त ठीकै छ तर कम्मर निकै पातलो छ। एजेन्सीका अनुसार ती मोडलले आफ्नो कम्मर २० इन्चको बनाएकी छिन्।
विदेशी सञ्चार मिडियामा आएका समाचारका अनुसार उनले ६ वर्ष कडा मेहनत गरेर आफ्नो कम्मर यो अवस्थाको बनाएकी हुन्। यो समयमा उनले २० पटकभन्दा बढी सर्जरी गरेकी छिन् भने दिनमा २३ घण्टासम्म कसिलो कपडा लगाउने गर्थिन्।