काठमाण्डौ / कुनै बेला सदाबहार लोक गायक कुमार बस्नेतले गाएको गीत हिट थियो– छोरी भन्दा आमा तरुनी, लिपिस्टिक पाउडरले।

आजभोली यो गीतको सान्दर्भिकता मरेको छैन तर शव्दमा हेरफेर गर्दा उचित हुने देखिन्छ – छोरी भन्दा आमा तरुनी जिम सेन्टरले।

शारिरीक व्यायाम स्वास्थ्यका लागि राम्रो मात्र होइन, सुन्दर त्वचा राख्नेदेखि पाको उमेर नदेखिनेसम्म हुन्छ। यसले शरिरलाई मेन्टेन गर्ने उदाहरण हुन् चर्चित अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहकी आमा नेहा।

नेहा, छोरीका चलचित्रका विभिन्न प्रिमियरदेखि अनेक कार्यक्रममा सहभागी हुन्छिन्। त्यसबाहेक उनी सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय छिन्।दैनिक नेपालबाट