इटहरीका प्रितम आचार्य भारतीय रियालिटी शो सारेगमप लिटिल च्याम्पमा तेस्रो स्थान बनाउन सफल

  • न्युजडेस्क
  • प्रकाशित मिति: जेठ २७, २०७६

काठमाण्डौं / भारतीय रियालिटी शो सारेगमप लिटिल च्याम्पमा नेपालका प्रितम आचार्य तेस्रो भएका छन्। जी टीभीको कार्यक्रमको फाइनलमा आचार्य तेस्रो भएका हुन्। अर्का नेपाली बालक आयुष केसी भने चौथो भएका छन्।

फाइनलमा पुगेका ६ जनामध्ये सुगन्धा दातेले उपाधि जितेकी छन्। त्यसैगरी मोहम्मद कैफ दोस्रो भएका छन्। लिटिल च्याम्सको शीर्ष ६ मा पर्दै तेस्रो भएका ११ वर्षीय आचार्य सुनसरीको इटहरी उपमहानगरपालिका ५ का हुन्। अर्का नेपाली बालक केसी भने भक्तपुरका हुन्।

सुनसरीको इटहरी उपमहानगरपालिका ५ का प्रितमको प्रस्तुतिले अडिसनदेखि नै जर्जहरुलाई निकै प्रभाव पारे पनि तेश्रो स्थानमा उनले चित्त बुझाउनुपरेको छ। प्रितमले ४ वर्षको हुँदादेखि नै गीत गाउन थालेका थिए। उनको जन्म २०६५ जेठ १० गते भएको थियो। उनी हाल कक्षा ६ मा अध्ययनरत छन्।

प्रितमले २०७३ मा नेपालमै भएको सुरशाला जुनियर आइडलमा दोस्रो स्थान प्राप्त गरेका थिए। कार्यक्रमको फाइनलमा ६ जना पुगेका थिए।


सञ्चालक/सम्पादक: त्रिलोचन पौड्याल

मोबाइल नं.: ९८५२०४९३५१

ठेगाना: इटहरी–६ सुनसरी

बिज्ञापनका लागि : ०२५-५८९३५१ / [email protected]

सूचना विभाग दर्ता नं. ३८९/०७३–०७४

Copyright © 2015 / 2023 - Purbikhabar.com All rights reserved