एजेन्सी / अभिनेत्री सारा अली खान पछिल्लो समय बलिउडमा चर्चामा आइरहने अभिनेत्री हुन् । यी अभिनेत्रीले केही समयअघि फिल्मफेअर अवार्डका लागि फोटोशूट गराएकी थिइन् ।

हालै उनले अर्को एक भारतमा चर्चित म्यागजिनका लागि पनि कभर फोटोशूट गराएकी छिन् । उनले हार्पर बजारको जून एडिसनका लागि कभर फोटो शूट गराएकी हुन् ।

यो म्यागजिनका लागि साराले एक स्टाइलिस्ट शूट गराएकी हुन् । उक्त फोटोमा सारा निकै सुन्दर देखिएकी छिन् । सारालाई आफ्नो यो लूकमा एक क्लासिक घडी र फरक कपालको शैलीमा देख्न सकिन्छ ।