इटहरी/ प्रहरीले नेत्रबिक्रम चन्द ‘बिप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सेक्रेटरी गोपाल बस्नेत ‘संगम’ लाई पक्राउ गरेको छ। प्रहरीले बस्नेतलाई धरान १५बाट नियन्त्रणमा लिएको हो।

इलाका प्रहरी कार्यालय धरान र एक नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको बिशेष टोलीले बस्नेतलाई धरान १५स्थित सुकुम्बासी बस्तिबाट नियन्त्रणमा लिएको प्रहरी श्रोतले जनाएको छ।

पक्राउ परेका बस्नेत ‘बिप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका धनकुटा मोरङ्ग बिशेष जिल्ला सचिव रहेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरिक्षक ढुण्डिराज न्यौपानेले पूर्वी खबरलाई जानकारी दिनुभयो।

पक्राउ परेका बस्नेतलाई इलाका प्रहरी कार्यालय धरानमा राखिएको र बस्नेत धरानस्थित दिल्लि पब्लिक स्कुलमा बम बिस्फोटमा संलग्न रहेको र उनलाई बिष्फोटक पदार्थ सजाय ऐन अनुसार कारबाही हुने प्रहरीको भनाई छ।