नेपाल अल्ट्राटेक सिमेन्ट प्रालि पुर्वी नेपालमा स्थापित सबैभन्दा ठूलो सिमेन्ट उद्योग हो। यस उद्योगले उत्पादन गर्ने बन्धन सिमेन्ट निकै लोकप्रिय हुँदै गएको छ। साना घरदेखि अरुण तेस्रो परियोजनासम्म बन्धन सिमेन्ट प्रयोग भइरहेको छ। गुणस्तरीयतामा सम्झौता नगर्ने उत्पादक कम्पनिको प्रतिबद्धताका कारण अन्तर्राष्ट्रिय परियोजनामा समेत बन्धन सिमेन्टको प्रयोग भएको सम्बन्धित कम्पनिले जनाएको छ। यसै अवसरमा कम्पनिका अध्यक्ष मनिषकुमार मारुसँग बन्धन सिमेन्टको विषयमा गरेको कुराकानीको सार संक्षेप :-

सिमेन्ट उद्योग नै किन रोज्नुभयो ? यहाँको अनुभव र विज्ञता कहिले देखिको हो ?

धेरै पुरानो छैन। यो इन्डष्ट्रिसँग नजिक भएपछि मात्र हो मेरो विज्ञता। पहिला हार्डवेयरको व्यापार गर्थेँ। त्यसैबाट उद्योग खोल्ने प्रेरणा र आइडिया प्राप्त भयो। सिमेन्ट उद्योगमा गुणस्तरीयता र आपुर्तीको सही व्यवस्थापनको अभाव पाएँ। अत्याधुनिक टेक्नोलोजीको प्रयोग गरेर आफूले त्यसमा अलि राम्रो गर्न सक्छु भन्ने लाग्यो। त्यसैले उद्योग स्थापना गर्यौं।

तपाईले सिमेन्ट उद्योग खोल्दै गर्दा पूर्वी नेपालमा पनि धेरै सिमेन्ट उद्योग थिए। त्यो अवस्थामा आफूले स्पेस बनाउन सक्छु भन्ने लागेको थियो ?

त्यतीखेर पनि सिमेन्ट उद्योगहरु त थिए, तर हाम्रो रेन्जको उद्योग पूर्वी नेपालमा थिएनन। त्यसैले स्तरीय उत्पादन र भरपर्दो सेवा दिउँ भनेर हामीले बृहत आकारमा सुरु गरेका हौं। हामी यो एरियाको सबभन्दा ठूलो सिमेन्ट उद्योगको रुपमा छौं। र आफ्नो आकार पनि बढाउँदै लगेका छौं।

सबैभन्दा ठुलो उद्योग बनाउँछु नै भनेर सुरु गर्नु भएको होकी झुक्केर बनेको हो ?

झुक्केर त बनेको हैन, बिना प्लानिङको त कुनै पनि इन्डस्ट्रि चल्दैन। हामीले प्लान गरेरै खोलेको हो र योजनाअनुसार नै चलिरहेको छ। हामीले सोचेजस्तै त भइरहेको छैन, तर करिब करिब हामी योजनाको नजिक छौं। निकट भविष्यमा हामि एक कम्बर प्रदेशमा एक नम्बर स्थान हासिल गर्ने छौँ।

सिमेन्टको बजार समग्रमा कस्तो रहेछ पुर्वी नेपालमा ?

कुनैपनि प्रोडक्टको बजार त्यो प्रोडक्ट खपत हुने प्रोजेक्टहरुले निर्धारण गर्छन। नेपालमा नयाँ र ठूला प्रोजेक्टहरु आउँदैछन। प्रोजेक्टको हिसाबले अहिले ठिकै छ। इनिसियल फेजमा अलिक कमजोर थियो। अब सरकारको फण्ड पनि बढेकोले ग्रोथ पक्कै आउँछ भन्ने विश्वासमा छौं।

सिमेन्ट उद्योगलाई के ले समस्यामा पारिरहेको छ अहिले ?

मार्केटमा मेन त सरकारको लगानी नै हो। पुर्वाधारमा सरकारको खर्च हुन नसक्दा पैसाको परिचालन हुन सकेकोछैन। जग्गाको कित्ताकाट रोकिएकाले नया घरहरु निर्माण भएका छैनन्। यसले व्यवशायीलाई एक किसिमले निराश बनाएको छ। सिमेन्टमा मात्रै नभएर निर्माणसँग सम्बन्धित अन्य क्षेत्रमा पनि यस्तै समस्या छ।

तर पनि पुर्वमा भइरहेका निर्माणका कामहरुमा बन्धन सिमेन्टले प्राथमिकता पाएको छ। हाम्रो सिमेन्टको स्तरीयता राम्रो भएको प्रतिक्रिया आएको छ। यसले हामीलाई उत्साहित पनि बनाएको छ। वास्तवमा हाम्रो यो उद्योग यसै ठाउँमा सञ्चालित भएकोले यहीँकै श्रमशक्तिले बढी रोजगारी पाउने हुन। यहीँकै स्रोत साधन र व्यापार चलायमान हुने हो। त्यसैले पब्लिकले पनि पुर्ण सहयोग र माया दिनुपर्छ र दिरहनु भएको छ।

यस्तो के विशेषता छ, जसले गर्दा ग्राहकले बन्धन सिमेन्ट नै खोजिरहेका छन् ?

विशेषतः यहाँ जर्मन टेक्नोलोजिको मेसिन छ। हामीले सिमेन्ट अन्तर्राष्ट्रिय स्तरकै उत्पादन गर्ने सोँचअनुसार नै अहिलेसम्म क्वालिटी मेन्टेन गरीरहेका छौं। हामी गुणस्तरमा कम्प्रमाइज नै गर्दैनौ। गुणस्तरीय भएकोले पब्लिकले रोजीरोजी यो सिमेन्ट छानिरहेका छन्।

यो सिमेन्ट उद्योग सञ्चालन गर्दै गर्दा सरकारका विभिन्न पोलिसिहरुले यहाँहरुलाई कस्तो असर गरिरहेको छ ?

वास्तवमा अहिले नेपालमा नयाँ नीतिहरु बन्ने क्रम तीव्र छ। पोलिसिमा एकरुपता छँदै छैन। यो वर्ष पोलिसि मेकिङ इयर भनिएकोले पनि हुन सक्छ, नीतिहरु बनीरहेका छन्। यसले समग्र क्षेत्रलाई प्रभावित पारिरहेको छ। त्यसले असर पक्कै नै पारेको छ।

बन्धन सिमेन्टपछि अरु कुनै रिलेटेड उद्योग सुरु गर्ने योजना छ की छैन ?

अहिले नै त छैन। अहिले बन्धन सिमेन्टलाई नै स्थापित गर्ने योजनामा छौं। हामीले सिमेन्टको उत्पादन गरेको पनि धेरै भएको छैन। त्यसैले पहिला यसैलाई राम्रो बनाउँ, त्यसपछि प्लान गरौँला भन्ने सोचाईमा छौं।

अब बन्धन सिमेन्टले पिपिसि ल्याउने तयारीमा छ, के छ विशेषता ?

पिपिसि सिमेन्ट डेढ महिनामा हामी मार्केटमा उपलब्ध गराउछौं। यो सिमेन्ट पनि उच्च स्तरीय प्रविधि प्रयोग गरेर तयार हुनेछ। मजबुत पकड भएको, ब्लेन्डीङ र ब्लेन्ज अरुभन्दा राम्रो भएकोले यो सिमेन्टले पनि अरुको मन जित्न सफल हुने विश्वास छ।

व्यवशायले सामाजिक दायित्व पनि निर्वाह गर्नुपर्ने हुन्छ। तपाईको व्यवशायले समाजको लागि के गरिरहेको छ ?

सामाजिक दायित्वप्रति हामी पनि सचेत छौं। पहिलो त रोजगारी वृद्धि, वातावरण प्रदूषण नियन्त्रणतर्फ हामीले प्रयास गरिरहेका छौं। त्यसैले स्थानियहरुलाइ रोजगार दिने कुरामा प्राथमिकत्ता दिएका छौँ। यस्तै विभिन्न सामाजिक कार्यक्रमहरुमा हाम्रो सहयोग र सहभागिता रहने गरेको छ। विभिन्न कार्यक्रममा मुख्य प्रयोजक र अन्य प्रयोजकको रुपमा कार्यक्रमअनुसार सहभागीता जनाइरहेका छौँ।