काठमाण्डौ/ दलित बिकास समितिलाई सक्रिय बनाउन जनता समाजबादी पार्टीको शिल्पी बिशेष समितिले माग गरेको छ। सोमबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठलाई भेट्दै समितिले यस्तो माग गरेको हो।

दलित बनाइएका नेपालमा रहेका करिब २० प्रतिशत शिल्पी समुदायको शिक्षा क्षेत्रमा बिशेष काम गर्दै आएको सरकारी निकाय उपेक्षित उत्पिडित दलित वर्ग उत्थान बिकास समिति (दलित बिकाश समिति) लाई अघिल्लो सरकारले निष्कृय बनाएर शिल्पी समुदायको हकहितको बिरुद्धमा लागेको आरोप लगाउँदै समितिलाई सकृय बनाउन मन्त्री श्रेष्ठलाई अनुरोध गरिएको शिल्पी बिशेष प्रदेश समितिका अध्यक्ष दलमर्दन कामीले पूर्वीखबरलाई जानकारी दिनुभयो। dalmardan

जसपा नेपालका केन्द्रिय कार्यकारी सदस्य समेत रहेका मन्त्री श्रेष्ठलाई सोमबार मन्त्रालयमा भेटघाट गरि बधाई तथा शुभकामना दिने क्रममा जसपाका केन्द्रिय सदस्य तथा शिल्पी बिशेष प्रदेश राष्ट्रिय समितिका अध्यक्ष दलमर्दन कामीको टिमले यस्तो माग राखेको अध्यक्ष कामीले जानकारी गराउनुभयो।

जसपा नेपालको अवधारणा अनुसार पार्टीले १०+१ प्रदेशको संरचना अन्तरगत शिल्पी बिशेष प्रदेशको संरचना रहेको समितिले मन्त्री श्रेष्ठलाई बधाई तथा शुभकामना दिने क्रममा समितिका तर्फबाट अध्यक्ष दलमर्दन कामिले ५बँुदे माग राखेको समितिका मुख्यसचिव डिबी नेपाली बताउनुभयो।

समितिले राखेको मागहरु
,नेपाल सरकार अन्तर्गतको उपेक्षित उत्पिडित दलित बर्ग उत्थान बिकास समितिलाई पुर्णता दिई सकृय गराउन ।

, नेपाल सरकार अन्तर्गतको राष्ट्रिय बादि समुदाय उत्थान बिकास समितिलाई पुर्णता दिई सकृय गराउन ।

,शिल्पी/ दलित समुदायको आर्थिक, सामाजिक र शैक्षिक बिकासको लागि एउटा शक्तिशाली निकाय बनाउन ।

, राज्यका बिभिन्न निकाय तहमा राजनीतिक नियुक्ती गर्दा त्यहाँ शिल्पी/दलित समुदायको सहभागिता मुलक उपस्थिती सुनिश्चित गर्न ।

, शिल्पी/ दलित समुदायको बिभिन्न सवालहरुलाई सम्बोधन गर्न बजेट बिनियोजित गर्न पहल गर्न गराउन आज संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको कार्यलय सिंहदरबारमा मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ सँग माग राखेको हो।

माग प्रती मन्त्री श्रेष्ठले सकारात्मक रहेको भन्दै माग सम्बोधनका लागि आँफु शशक्त रुपमा लागिपर्नेमा प्रतिबद्द रहेको भनि सहभागि नेताहरुलाई आश्वस्त पारेको नेता केशव बादी नेपालीले बताउनुभयो।