सुन्दरी प्रतियोगिताका नाममा मनोज पाण्डेले बाल यौन दुरुपयोग गरेको अदालतको ठहर

  • न्युजडेस्क
  • प्रकाशित मिति: माघ १०, २०७९

काठमाडाैं । मनोज पाण्डेले सुन्दरी प्रतियोगिताका नाममा बाल यौन दूरुपयोग गरेको जिल्ला अदालत काठमाडौंले ठहर गरेको छ।पाण्डेविरुद्ध जिल्ला अदालत काठमाडौंमा बाल यौन दुरुपयोग र मानव बेचविखनको कसुरमा मुद्दा दर्ता भएको थियो। जिल्ला न्यायाधीश दीपक ढकालको इजलासले मंगलबार पाण्डेलाई दोषी ठहर गरेको हो।

फैसलाको पूर्णपाठ आउन र सजाय निर्धारण हुन बाँकी छ। तर अदालतले अन्तिम फैसला गर्दै दाबी पुग्ने ठहर गरेको छ।यसअघि जिल्ला अदालतले पाण्डेलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो। पाण्डेलाई मानव बेचबिखनको मुद्दामा डिल्लीबजार कारागार चलान गरिएको थियो। यस्तै बाल यौन दुरुपयोगको कसुरमा एक लाख रुपैयाँ धरौटी माग गरेको थियो।

सुन्दरी प्रतियोगिताको आडमा आफूमाथि यौन दुर्व्यवहार भएको भन्दै  एक किशोरीले भिडिओ सार्वजनिक गरेपछि उनी पक्राउ परेका थिए।उनले गत जेठ पहिलो साता आफूमाथि सात वर्षअघि भएको यौन हिंसाबारे टिकटक र इन्स्टाग्राममार्फत सार्वजनिक गरेकी थिइन्। किशोरीको उजुरीपछि पक्राउ परेका मनोज पाण्डेविरुद्ध दुईवटा अभियोगमा मुद्दा दर्ता गरिएको थियो।

यौन दुर्व्यवहारमा तीन वर्ष र मानव बेचविखनमा १५ वर्षसम्म कैद सजाय माग गरिएको थियो। अब अदालतले पाण्डेलाई कति सजाय गर्ने भन्ने निर्धारण गर्नेछ। २०७१ सालमा भएको यो घटना गत जेठमा सार्वजनिक भएको थियो।


सञ्चालक/सम्पादक: त्रिलोचन पौड्याल

मोबाइल नं.: ९८५२०४९३५१

ठेगाना: इटहरी–६ सुनसरी

बिज्ञापनका लागि : ०२५-५८९३५१ / [email protected]

सूचना विभाग दर्ता नं. ३८९/०७३–०७४

Copyright © 2015 / 2023 - Purbikhabar.com All rights reserved