सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिका–४ मा बस दुर्घटना भएको छ । ओखलढुङ्गाबाट काठमाडौँ आउँदै गरेको बस फिक्कलमा दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको सिन्धुलीका एसपी राजकुमार सिलवालले जानकारी दिएका छन् । दुर्घटनामा घाइते भएका २४ जनालाई खुर्कोटतर्फ ल्याइँदै छ । 

एक जना घाइतेलाई उपचारका लागि घुर्मीमा पठाइएको जानकारी आएको एसपी सिलवालले बताएका छन् ।एसपी सिलवालका अनुसार तीव्र गतिका कारण बस दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । बा २ ख ६५९६ नम्बरको बस सडकको भित्तामा ठोक्किएको छ । चालक फरार छन् ।