सुनसरी/ सगरमाथा फुटबल क्लव मोरङ्ग सुनसरीको इटहरीमा शनिबार शुरु भएको १३औँ अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकप प्रतियोगिताको सेमिफाईनल प्रवेश गरेको छ। अघिल्लो सँस्करणको बिजेता सगरमाथा ट्राईब्रेकरमा पाहुना टोली एभेनियर एफसी क्यामरुनलाई पराजित गर्दै सेमिफाईनल प्रवेश गरेको हो।
इटहरी रंगशालामा शनिबार भएको उद्घाटन खेलको निर्धारित समयमा दुवै समुहले गोलरहित बराबरी खेलेपछि खेल निर्णयका लागि टाइब्रेकरमा धकेलिएको थियो।
![](/uploads/advertise/janata school_1720267096.jpg)
सगरमाथाको तर्फबाट जर्सी नम्बर १३का अभिशेक लिम्बु, जर्सी नम्बर ११ का राजिव लोप्चन यस्तै जर्सी नम्बर जर्सी नम्बर ६का अविशेक लिम्बु र जर्सी नम्बर १७ का बिदेशी खेलाडी मेसुकेले गोल गरेका थिए ।
पाहुना टोली एभेनियर एफसी क्यामरुनका तर्फबाट कप्तानसमेत रहेका जर्सी नम्बर ३का यानिक ओवना, जर्सी नम्बर १४ का सांघु र जर्सी नम्बर १९ का गिनीले गोल गरेका थिए भने जर्सी नम्बर ५ का जोइ एल्डोको प्रहार सगरमाथाका गोलरक्षक च्याङ थेबेले गोल हुन दिएनन् भनेजर्सी नम्बर १५ का साबा अलिको प्रहार क्रस बारमा लागेर बाहिरियो। इन्जुरी समयमा सगरमाथाको गोलकिपर देव लिम्बु घाइते भएपछि च्याङ मैदान प्रवेश गरेका थिए।
![](/uploads/advertise/jeniksh_1697522121.gif)
खेलको म्यान अफ द म्याच सगरमाथाका मेसुके घोषित हुँदै नगद १० हजार प्राप्त गरे। आइतबारको दोश्रो क्वाटरफाइनल खेल आयोजक राष्ट्रिय जागृति क्लब र चर्च ब्वाइज क्लब काठमाण्डौ बीच हुनेछ।
प्रतियोगिताको बिजेताले नगद १० लाख र उपबिजेताले ५ लाख रुपैया पुरस्कार पाउने छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद १ लाख रुपैया प्रदान गरिनुका साथै बिभिन्न बिधामा उत्कृष्ट हुनेले नगद २० हजार पाउने छन्।