इटहरी/ चर्च व्बाईज युनाईटेड काठमाण्डौ इटहरी गोल्डकपको बिजेता बनेको छ। त्रिभुवन आर्मी क्लव काठमाण्डौलाई १–०ले पराजित गर्दै १३औँ सँस्करणमा उपबिजेतामा चित्त बुझाएको चर्च ब्वाईज युनाईटेड यस बर्ष च्याम्पियन बनेको हो।

शनिबार राति सम्पन्न इटहरी गोल्डकपको फाईनल खेलमा चर्च व्बाईज युनाईटेडका जर्सी नम्बर ९का राजेश परियारले निर्णायक गोल गर्दै प्रतियोगितामा बिजेता बनाउन सफल बने। परियारले खेल शुरु भएको तेश्रो मिनेटमा गोल गर्दै चर्च ब्वाईजलाई उपाधि चुमाएका हुन्। आर्मीका गोलरक्षक बिकेश कुथु गोलपोष्टबाट अघि बढेको समयमा परियारले खाली पोष्टमा गोल गरे। परियारले गरेको इजी गोल नै प्रतियोगिताको निर्णायक गोल बन्न पुग्यो।

traffeeआयोजक राष्ट्रिय जागृति क्लव इटहरीलाई दोश्रो सेमिफाईनलमा १–०ले रोक्दै फाईनल प्रवेश गरेको चर्च ब्वाईज युनाईटेड काठमाण्डौको फाईनल यात्रा सुखद रह्यो भने गत बर्षको उपाधि बिजेता सगरमाथा युथ क्लव मोरङ्गलाई पहिलो सेमिफाईनलमा हराउँदै फाईनल प्रवेश गरेको त्रिभुवन आर्मी क्लव काठमाण्डौको फाईनल यात्रा सुखद बनेन। 

यसैबीच १४औँ सँस्करणको इटहरी गोल्डकपको आजको खेलको म्यान अफ द म्याच चर्च ब्वाईज युनाईटेडका जर्सी नम्बर ९ का राजेश परियार घोषित हुँदै नगद १०हजार र मेडल प्राप्त गरे। यस्तै चर्च ब्वाईज युनाईटेडका गोलकिपर दिप कार्की प्रतियोगिताकै उत्कृष्ट गोलकिपर घोषित हुँदै नगद २०हजार र मेडल प्राप्त गरे।

arymआर्मीका जर्सी नम्बर १९का जितेन्द्र कार्की बेष्ट डिफेन्स घोषित हुँदै नगद २०हजार र मेडल प्राप्त गर्दा चर्च ब्वाईज युनाईटेडका जर्सी नम्बर १४का सुरज जीउ ठकुरी बेष्ट मिड फिल्डर घोषित हुँदै नगद २०हजार र मेडल प्राप्त गरे।

army 1आर्मीका जर्सी नम्बर १८का नवयुग श्रेष्ठ बेष्ट फरवार्ड घोषित हुँदै नगद २०हजार र मेडल प्राप्त गर्दा चर्च ब्वाईज युनाईटेडका कोच दर्शन भक्तराज घोषित हुँदै पुरस्कृत भए।

सगरमाथा युथ क्लव मोरङ्गका बिमल घर्ति मगर सर्वाधिक गोलकर्ता हुँदै नगद २५हजार र मेडल प्राप्त गरे। मगरको पुरस्कार उनका आफन्तले बुझेका थिए। यस्तै उदयमान खेलाडी राजा क्लव इटहरीका सुमित चौधरी र राजा क्लवकै उमेश कार्की उत्कृष्ट खेलाडी घोषित हुँदै पुरस्कृत भए भने राजा क्लवकै प्रवेश दनुवार सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै नगद १लाख र मेडल प्राप्त गरे। उनिहरुलाई बिभिन्न ब्यक्तित्वहरुले पुरस्कृत गरेका थिए।

danuwarयस्तै उपबिजेता बनेको त्रिभुवन आर्मी क्लव काठमाण्डौ नगद ५लाख र ट्रफि र मेडलमा चित्त बुझायो भने प्रतियोगिताको बिजेता बनेको चर्च ब्वाईज युनाईटेडले नगद १० लाख ट्रफि र मेडल प्राप्त गरेको छ। बिजेतालाई कोसी प्रदेशका सामाजिक बिकास मन्त्री राजेन्द्र कार्की र इटहरी उप–महानगरपालिकाका मेयर हेमकर्ण पौडेलले पुरस्कृत गरेका थिए।

तस्विर सौजन्य: गुरु ढकाल/इटहरी