बेलायतमा सात नवजात शिशुको हत्या अभियोगमा नर्स दोषी ठहर

  • पूर्वीखबर
  • प्रकाशित मिति: भदौ २, २०८०

  बेलायतमा सात जना नवजात शिशुको हत्या र अरु ६ जनाको हत्या प्रयास गरेको अभियोगमा एक नर्स दोषी ठहरिएकी छन् । गएको अक्टोबरदेखि मुद्दा लडिरहेकी ३३ वर्षीया लुसी लेट्बीमाथि बिरामी वा समय नपुगी जन्मिएका शिशुलाई अनावश्यक ग्यास र इन्सुलिन दिएको आरोप लगाइएको थियो ।

म्यानचेस्टर क्राउन कोर्टको जुरीले २२ दिनसम्म चलेको सुनुवाइ र छलफलपछि आरोपलाई पुष्टिसहित फैसला सुनाएको समाचार संस्था एएफपीले जनाएको छ । सन् २०१५ को जुनदेखि सन् २०१६ को जुनसम्म काउन्टेस अफ चेस्टर अस्पतालमा नवजात शिशुको ज्यान गएपछि लेट्बीलाई पक्राउ गरिएको थियो ।

अदालतको सुनुवाइका क्रममा उनका सहकर्मीले हरेक बच्चाहरू बिरामी परेको वा उनीहरूको ज्यान गएको समयमा लेट्बी सिफ्टमा रहेको देखेपछि चिन्ता व्यक्त गरेको बताएका थिए । नर्स लेट्बीलाई पक्राउ गरी दुई पटक रिहा गरिएको थियो । सन् २०२० मा उनी तेस्रो पटक पक्राउ परेकी थिइन् । एजेन्सी


सञ्चालक/सम्पादक: त्रिलोचन पौड्याल

मोबाइल नं.: ९८५२०४९३५१

ठेगाना: इटहरी–६ सुनसरी

बिज्ञापनका लागि : ०२५-५८९३५१ / [email protected]

सूचना विभाग दर्ता नं. ३८९/०७३–०७४

Copyright © 2015 / 2023 - Purbikhabar.com All rights reserved