सिड्नी/ तामाङ समुदायले मनाउने बिभिन्न चाड पर्वहरु मध्ये चैत्र पुर्णिमाको दिन काठमाण्डौँको बौद्धनाथ स्तुपा र स्वयम्भुनाथमा दुईदिन सम्म मनाउने चैत्र पुर्णिमा (तेमाल जात्रा)को आफ्नै धार्मिक तथा सांस्कृतिक महत्व रहेको छ। यही मौलिक पर्व अब अष्ट्रेलियाको सिड्नीमा पनि हुने भएको छ।

temal 1यही अप्रिल २७ तारिक शनिवारको दिन सो कार्यक्रम हुने आयोजक समितीका अबिरल तामाङले पूर्बी खबरलाई जानकारी दिनुभएको छ।

यस जात्रा दिवंगत पुर्खा र समवेदनासँग जोडिएको भएता पनि त्यहाँ पुजा सकेपछि रमाइलो जात्रा र फापरे सेलो जुवारी तथा सांस्कृतिक कार्यक्रम हुने प्रचलन रहेको र यसलाई सिड्नीमा निरन्तरता दिने प्रयास बिगत एकबर्ष अघिदेखि थालनी गरेको समितिका संरक्षक गणेश तामाङले जानकारी दिनु भएको छ।

temal 4लामा गुरुबाट विधिवत पुजा गरेर शुरु हुने कार्यक्रममा बिशेष आकर्षणको रुपमा सिड्नीमा रहेका युवाहरु बीच तामाङ मौलिक भाकामा फापरे गीत प्रतिष्पर्धा गराइने र प्रतिष्पर्धीहरुलाई नगद पुरस्कार र प्रमाण पत्र वितरण पनि गरिने तथा मनोरञ्जनात्मक साँस्कृतिक कार्यक्रम पनि हुने आयोजक समितीका अध्यक्ष सुनदोर्जे तामाङले जानकारी दिनुभएको छ।

कार्यक्रममा सिड्नीबासी सिङ्गो नेपाली समुदायकै गरिमामय उपस्थिती रहने पनि उहाँको बिश्वास रहेको छ।

temal 2

तेमाल जात्रा प्रचलन: काठमाण्डौँबाट झण्डै ७५ किलो मिटर टाढा रहेको तामाङ जातीको किपट भुमी काभ्रे जिल्लाको तेमाल आसपास बसोबास गर्ने तामाङ जातीले आफ्नो दिवंगत पुर्खाहरुलाई मोक्ष प्राप्ति होस भनेर हरेक साल चैत्र पूर्णिमाको दिन बौद्ध र स्वयम्भुमा दियो बत्ती चढाएर तेमाल जात्रा मनाउने प्रचलन रहेको छ। 

यहि प्रचलनको रुपमा रहेको संस्कृतिलाई नेपालबाट अष्ट्रेलिया सम्म ल्याउने प्रयास तिमाल जात्र महोत्सव समारोह समिति गठन गरेरै अष्ट्रेलियाको सिड्नीमा बसोबास गर्ने तामाङ अग्रजहरुले गरेका छन्।

temal 3यो ऐतिहाँसीक धार्मिक र सांस्कृतिक पर्व विशेषतः तामाङ जातीको किपट भुमी काभ्रे जिल्लाको तेमालसँग जोडिएको भएता पनि बौद्ध र स्वयम्भुमा सबै ठाउँका तामाङ समुदायले सामुहिक रुपमा जात्रा मनाउने धेरै अघि देखिको प्रचलन रहेको पाइन्छ ।

-सिड्नीबाट हेम तामाङ्गले तयार पारेको समाचार सामाग्री