सुनसरीमा तीनैजना प्रहरी प्रमुखहरू फेरीए, जिल्लामा रेग्मी, ट्राफिकमा पाैडेल र दंगामा चिमरिया

  • न्युजडेस्क
  • प्रकाशित मिति: भदौ १६, २०८०

इटहरी/ नेपाल प्रहरीको प्रधान कार्यालय महाराजगञ्जले सुनसरीका तीनजना प्रहरी प्रमुखसहित एकै पटक ४८जना एसपीहरूको सरुवा गरेको छ। सुनसरीका जिल्ला प्रहरी कार्यालय, कोसी प्रदेश नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी र दुहबीस्थित नेपाल प्रहरी विशेष सुरक्षा गणका प्रहरी प्रमुख लगायतको सरुवा भएको हो।

प्रहरी प्रधान कार्यालय काठमाडाैले जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख एसपी प्रभु प्रसाद ढकाललाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान आधारभूत तालिम शाखा महाराजगञ्ज पठाएको छ। ढकालको ठाउँमा बिपिन रेग्मी आउने भएका छन्। ढकालले सुनसरीमा रहँदा लागु औषध दुर्व्यसन विरुद्धको अप्रेसन, सीमा क्षेत्रमा कडाइ, फरार अभियुक्तहरूको खोजी गरी पक्राउ अभियानलगायत अपराध नियन्त्रणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

त्यस्तै कोसी प्रदेश नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रहरी प्रमुख श्याम कुमार महतोलाई मधेस प्रहरी कार्यालय आर्थिक प्रशासन तथा प्रबन्धक महाशाखा जनकपुर खटाएको छ।  महतोको ठाउँमा एसपी सराेज पाैडेल इटहरी आउने भएका छन्। पौडेलले यसअघि लकडाउनको समयमा यहि कार्यालयमा डिएसपी छँदा काम गरिसकेका छन्। एसपी महतो इटहरीमा रहँदा उनले कोसी प्रदेशमा ट्राफिक जनचेतनाका कार्यक्रमहरू देखी राजमार्ग सुधारका कार्यक्रमहरू गरेका थिए । इटहरीमा ट्राफिक व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरी हदै मात्रामा परिवर्तन ल्याउन सफल भएका छन् ।

त्यस्तै नेपाल प्रहरी विशेष सुरक्षा गण दुहबी सुनसरीका प्रहरी प्रमुख एसपी विनोद कुमार शर्मालाई गण्डकी प्रदेश प्रहरी कार्यालय अन्तरगत मानवश्राेत व्यवस्थापन महाशाखा पोखरा पठाएको छ।  उनको स्थानमा एसपी नारायण प्रसाद चिमरीयालाइ खटाउने भएको छ। शर्मा लामो समय देखि दङ्गा नियन्त्रणमा अब्बल देखिएका कुशल नेतृत्वकर्ता रहेका छन्। एसपी शर्मा अपराध अनुसन्धान तथा शान्ति सुरक्षा कायम गर्नमा पनि त्यतिकै अब्बल छन ।


सञ्चालक/सम्पादक: त्रिलोचन पौड्याल

मोबाइल नं.: ९८५२०४९३५१

ठेगाना: इटहरी–६ सुनसरी

बिज्ञापनका लागि : ०२५-५८९३५१ / [email protected]

सूचना विभाग दर्ता नं. ३८९/०७३–०७४

Copyright © 2015 / 2023 - Purbikhabar.com All rights reserved