इटहरीको बेदान्त हस्पिटलमा अव २५रुपैँयामा नै सुगर परिक्षण गरिने

  • न्युजडेस्क
  • प्रकाशित मिति: भदौ २८, २०८०

इटहरी/ सुनसरीको इटहरी ४ स्थित बेदान्त हस्पिटलले अव ७५ प्रतिशत सहुलियतमा सुगर परिक्षण गर्ने भएको छ। हस्पिटलले अत्याधुनिक मेसिनद्वारा खाली पेट र खानापछि गरिने परिक्षण २५रुपैँयामा नै गर्ने भएको हो।

सय रुपैँयामा परिक्षण गर्दै आएको सुगर जाँच ७५ प्रतिशत सहुलियतमा २५ रुपैँयामा गर्ने हस्पिटलका प्रवन्ध निर्देशक इन्द्र श्रेष्ठले बताउनुभयो। यस्तै अन्य ल्याव परिक्षणमा पनि बिशेष छुट गर्ने र एमबिबिएस डाक्टरबाट हुने जेनेरल फिजिसियन सेवा ४ सय रुपैँयामा हुँदै आएकोमा बिशेष छुट गरि सय रुपैँयामा नै सेवा प्रदान गर्ने श्रेष्ठको भनाई छ।

हस्पिटलमा २४ सै घण्टा डाक्टरहरुद्वारा इमरजेन्सी सेवा, डिजिटल एक्सरे सेवा, 4D मेसिनद्वारा भिडियो एक्सरे सेवा, फार्मेसी, ल्याब, हाडजोर्नी तथा नसा रोग बिशेषज्ञबाट C-Arm machine को प्रबिधिबाट भाँच्चिएको हड्डिलाई सिधा गरि के वार वा प्लेटिङ्ग गरि अप्रेसन गरिने पनि श्रेष्ठले बताउनुभयो। हस्पिटलले सर्जरी सम्बन्धी सम्पुर्ण अप्रेसन सेवा २४ सै घण्टा उपलब्ध गराउँदै आएको छ।

हस्पिटलमा प्रत्येक दिन बिभिन्न रोगको विभिन्न बिशेषज्ञ डाक्टरहरुले सेवा प्रदान गर्दै आएका छन्। स्वास्थ्य सेवा सम्बन्धी थप जानकारी आवश्यक परे बेदान्त हस्पिटल प्रा.लि.मा 9811337132 वा 025587584 सम्पर्क गरेर जानकारी प्राप्त गर्न सकिने हस्पिटलका प्रवन्ध निर्देशक इन्द्र श्रेष्ठले बताउनुभयो।


सञ्चालक/सम्पादक: त्रिलोचन पौड्याल

मोबाइल नं.: ९८५२०४९३५१

ठेगाना: इटहरी–६ सुनसरी

बिज्ञापनका लागि : ०२५-५८९३५१ / [email protected]

सूचना विभाग दर्ता नं. ३८९/०७३–०७४

Copyright © 2015 / 2023 - Purbikhabar.com All rights reserved