इटहरी/ मोरङ्ग प्रहरीले दुईजना बंगलादेशी नागरिकसहित तीनजनालाई पक्राउ गरेको छ। मोरङ्ग प्रहरीले दुईजना बंगलादेशी र एकजना नेपाली युवतिलाई नियन्त्रणमा लिएको हो।

उनिहरुले गएको सोमबार मोरङ्गको सुन्दरहरैचा नगरपालिका ८ सलकपुरका स्थानीयहरुलाई निस्वार्थ आर्थिक सहयोग गर्ने र आफु परोपकारी संस्था डब्लु बि.एस.सी कम्पनीबाट आएको भन्ने प्रलोभनमा पारेर त्यहाँका ३०जना भन्दा बढि मानिसहरुबाट रकम ठगेको प्रहरीको भनाई छ। 

उनिहरुले सलकपुरबासीहरुबाट जनही एकहजार र पन्ध्रसय रुपैँयाका दरले रकम उपलब्ध गराई उनिहरुको नागरिकताको प्रतिलिपी र फोटो हात पारेका थिए।

उनिहरुले यसो गर्दै गरेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले काठमाण्डौ नयाँबजार बस्ने २३बर्षीया सुनिता खत्रीलाई हिजो ३बजेतिर सुन्दरहरैचा नगरपालिका ८ बाट नियन्त्रणमा लिएको थियो। 

baramadi

प्रहरीले बंगलादेशको पल्लाबी ढाका बस्ने ४९बर्षीय  महमद महबुर हुसेन र  बंगलादेशको सितागञ्ज बस्ने ३७बर्षीय महमद तानबिर हुसेनलाई पनि नियन्त्रणमा लिएको छ।

प्रहरीले अनुसन्धानको क्रममा मानिसहरुको ब्यक्तिगत पहिचानको आधिकारिक कागजपत्र प्राप्त गरी फोटो र नागरिकताको दुरुपयोग गर्दै अनधिकृत रूपमा इसेवा, खल्ति लगायतका डिजिटल वालेटहरूको खाता खोल्ने र अनलाईनका माध्यमबाट ठगी गर्ने काममा संलग्न अन्तरदेशीय संगठित गिरोहका दुईजना बंगलादेशी नागरिकलाई समेत नियन्त्रणमा लिएको छ।

प्रक्राउ परेकाहरुलाई मोरङ जिल्ला अदालतबाट ठगी उद्योग कसूरमा पाँचदिनको म्याद थप गरी विस्तृत अनुसन्धान गरिरहेको मोरङ्ग प्रहरीले जनाएको छ।

उनिहरुको साथबाट प्रहरीले एनसेलको १५वटा सिम, सुनिता खत्री र तानबिर मिया दर्जीको नाममा रहेको दुईवटा राहदानी(पासफोर्ट), नेपाली ५हजार १सय ५०रुपैँया, दुईवटा एटिएम कार्ड, तानबिर मिया दर्जी नामको एउटा नेपाली नागरिकता, बिभिन्न कम्पनिका ४वटा मोवाईल पनि बरामद गरेको छ।