धरान/ फेसबुकमार्फत चिनजान भएका सुमना श्रेष्ठ र धरान १६का १९बर्षीय सविन भन्ने बाबुराम भुजेल करीब २बर्ष अघिदेखि प्रेममा थिए। गत पौषदेखी सुमना धरानकै ग्लोबल ओरियन्समा काम गर्न थालेपछि भुजेल सुमनासँग चिढिएका थिए।

कामको सिलसिलामा सुमना एकजना यूवा (नाम गोप्य राखिएको)सँग चिनजान भएर एकआपसमा नजिक हुन थालेको थाहा पाएपछि भुजेल चिढिएका थिए। ति युवा र सुमनाले एउटै फेसबुक आईडिसमेत चलाउने गरेको थाहा पाएपछि त झन सबिन मुरमुरिएका थिए।

एउटै फेसबुक चलाउने गरेका कारण उनीहरूको सम्बन्ध नजिक भएको बुझेका भुजेल र सुमना बीचको सम्बन्ध चिसो हुन गएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

यहि चैत २ गते सबिन कामको शिलशिलामा धनकुटाको मुलघाटमा गएर बसेका अनि त झनै सबिन र सुमना बीचको प्रेम सम्बन्धमा खटपट भईरहेको थियो। गएको ६ गते अर्थात मंगलबार सबिन सुमनालाई भेट्न धरान आएका र साँझदेखि नै भेटघाट गरी आफ्नै स्कुटरमा सुमनालाई राखेर स्कुटर चलाउन सिकाउदैं साँझ ७बजेतिर दुबैजना घटनास्थल पुगेका प्रहरी अनुसन्धानबाट खुलेको छ।

घटनास्थलमा पुगेपछि उनिहरु फेसबुक प्रयोगको बिषयलाई लिएर विवाद गर्न थालेपछि सबिनले योजना अनुसार साथमा लिएर गएको खुकुरी निकालेर सुमनाको घाँटी रेटेर हत्या गरि खोल्सामा फालेर सोही रात नै भागेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

घटनापछि प्रहरीको अनुसन्धान टोलीले पीडित पक्षसँग समन्वय, प्राविधिक पक्षको अध्ययन गर्दै भुजेल भागेर लुकेर बस्न सक्ने ठाउँको पहिचान गरी खोजी गर्दा धनकुटा ९ मुलघाटमा लुकेर बसेको अवस्थामा फेला पारेर बिहिबार पक्राउ गरेर सुनसरी प्रहरीले जनाएको छ।

भुजेलको साथबाट सुमनाले प्रयोग गरेको मोबाईल फुटाएर सिम चाँहि खोलामा बगाएको अवस्थामा बरामद गरिएको सुनसरी प्रहरीले जनाएको छ। उनको साथबाट आँफैले प्रयोग गर्ने गरेको एउटा मोबाईल र एउटा खुकुरी पनि बरामद गरेको प्रहरीले जनाएको छ।

भुजेललाई सुनसरी जिल्ला अदालतबाट ७ दिनको म्याद अनुमति लिई इलाका प्रहरी कार्यालय धरानमा राखेर थप अनुसन्धान गरिरहेको सुनसरी प्रहरीले जनाएको छ।

सुमनाको शव चैत्र ७ गते दिउसो ३बजेतिर धरान १८स्थित बिपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र डिपोट स्कूल वीचको खोल्सामा फेला परेको थियो।

त्यसपछि जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी उपरीक्षकको कमाण्डमा अनुसन्धान टोली, इलाका प्रहरी कार्यालय धरानबाट क्इऋइ सहितको प्रहरी अधिकृतको टोली र नेपाल प्रदेश प्रहरी कार्यालय धरानबाट कुकुरसहितको अनुसन्धान टोली अनि बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानबाट फरेन्सिक डाक्टरसहितको टोली खटिएको थियो।