केराबारी/ केराबारी गाउँपालिकाको १४ औं गाउँ सभा अधिवेशनमा नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ। नीति तथा कार्यक्रम गाउँपालिका उपाध्यक्ष मनमाया मगरले प्रस्तुत गर्नुभएको हो।

१४ औं गाउँ सभा अधिवेशनमा पुर्वाधार विकास, शिक्षा युवा तथा खेलकुद, सामाजिक विकास सम्बन्धि, स्वास्थ, खानेपानी तथा सरसफाई, आर्थिक विकास, पशुपन्छी तथा मत्स्य, उद्यम विकास, राजस्व, पर्यटन रोजगार, वातावरण तथा विपद व्यवस्थापन, संस्थागत क्षमता विकास सेवा प्रवाह र सुशासनलगायत क्षेत्रका लागि नीति तथा कार्यक्रम समेटिएको छ।

गाउँपालिका भित्रको जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतालाई आत्मसात र सम्मान गर्दै गाउँपालिका भित्रको जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतालाई आत्मसात र सम्मान गर्दै सामाजिक एवम् सांस्कृतिक समानता, सहिष्णुता र सद्भावका आधारमा गाउँपालिका भित्रको एकता मजबुत बनाउने नीति लिईने, उपभोक्ता समितिबाट सञ्चालन हुने योजनाहरुमा लागत सहभागितालाई विशिष्टिकरण गरी निरन्तरता दिईने, खोला नदि उकासमा रहेका तथा अन्य सार्वजनिक जग्गाहरुको पहिचान गरी सम्भाब्यताको आधारमा वृक्षारोपण तथा सामुहिक खेती गरी गाउँपालिकाको आन्तरिक श्रोतलाई मजबुत गर्दै लगिने लगायत बाटो निर्माण सँगै सँगै स्तर उन्नती गरिने नीति तथा कार्यक्रममा समेटिएको छ।

सभामा गाउँपालिकालाई विकास निर्माणका काममा अगाडि बढाउदै समृद्ध र सुशासनसहितको गाउँपालिका बनाउने गाउँपालिकाका अध्यक्ष सुमन मिरिङचिङले बताउनुभयो। गाउँ सभाको निति तथा कार्यक्रमले आगामी दिनमा गाउँपालिका विकासका कामा अगाडि बढाउन महत्त्वपूर्ण सहयोग पुग्ने उहाँको भनाइ छ।

हरपल हर ठाउँमा समन्वय, सहकार्य, साझेदारी र सहयोग हुनुपर्ने गाउँ सभाका प्रमुख अतिथि कोशी प्रदेश सभा सदस्य खड्ग बस्नेतले बताउनुभयो। वडाका जनप्रतिनिधि र कर्मचारी मिलेर काम गरे गाउँपालिकालाई समृद्ध बनाउन सकिने उहाँ भनाई छ।

सामाजिक विकास समितिका संयोजक तथा वडा नम्बर १ का वडा अध्यक्ष सरन थापा मगर, आर्थिक विकास समिति संयोजक तथा वडा नम्बर २ का वडा अध्यक्ष प्रेम कुमार लिम्बू, पुर्वाधार विकास समिति संयोजक तथा वडा नम्बर १० का वडा अध्यक्ष पुर्ण बहादुर मगरलगायत जनप्रतिनिधिले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए। गाउँपालिकाले आर्थिक वर्ष २०८१÷८२ को बजेट सोमबार बन्द सत्रबाट सार्वजनिक गर्ने भएको छ।