काठमाण्डौ / ‘म यस्तो गीत गाउँछु २’ चलचित्र अहिले सुटिङ भइरहेको छ। चलचित्रको यतिबेला नेपाल र भारतको सिमानामा पर्ने सन्दकपुर गाउँ, पानीटारको चियाबारी पाँचथर आसपासका ठाँउमा भइरहेको छ।

फागुन २३ गते प्रदर्शन मिती तोकेर छायाँकनमा निस्किएको यो चलचित्रको छायाँकन समयको केही तस्बिर अहिले सार्वजनिक भएको छ। तस्बिरमा अभिनेता पल शाह र पूजा शर्मा रोमान्टिक अवतारमा देखिएका छन्।

तस्बिर चलचित्र भित्र रहने ‘तिम्रो घरको वरिपरी’ बोलको गीत सुटिङको हो। जसको छायाँकन हालै सात दिन लगाएर गरिएको छ। नेपाल र भारतको सिमानामा पर्ने सन्दकपुर गाउँ, पानीटारको चियाबारी, इलाम, पाँचथरलगायतका स्थानमा गीतको छायाँकन गरिएको शो।

puja-1-300x250 अर्जुन पोखरेलको संगीत रहेको गीतमा सोनम तोप्देन र अस्मिता अधिकारीको स्वर छ। गीतको कोरियोग्राफी भने रामजी लामिछानेले गरेका हुन्। लवस्टोरी चलचित्र बनाउन खप्पिस निर्देशक सुदर्शन थापाको निर्देशन रहेको चलचित्रमा पुजा र पलको अलवा दिनेश डीसी, हरिहर शर्मालगायतका कलाकारको पनि अभिनय छ।

शिवम् अधिकारीको लेखन रहेको चलचित्रको यो गीत छिट्दै सार्वजनिक गर्ने निर्देशक थापाले बताए।प्रेमकथाको बिषयमा निर्माण भएको यो चलचित्र ‘म यस्तो गाउछु’को सिक्वेलको रुपमा बन्न लागेको छ।