ईडन एकेडेमी कन्सल्टेन्सी प्रा. लि.धरानले लामो समय देखि बिभिन्न प्रकारका सेमिनारहरु गरेर बिद्यार्थीलाई बैदेशिक अध्ययनको अझ नजिक ल्याएको छ। ईडनले करिब १०वटा सेमिनारहरुको गरेको छ। सिमित कलेज र बिश्वबिद्यालयहरुसँग गरिदै आएको सेमिनारलाई यो पटक अझ पृथक बनाउने प्रयास गरेको देखिन्छ।

ईडन एकेडेमीले आउदो पौष २१ गते शनिबार धरानमा र पौष २२ गते आईतबार ईटहरीमा १२भन्दा बढी कलेज र बिश्वविद्यालयका नेपाल प्रतिनिधिहरुलाई सहभागी गराएर भव्य सेमिनार गर्ने भएको छ। यो पटकको सेमिनार पहिले भएका सेमिनारहरुभन्दा फरक र बिद्यार्थीलाई प्रत्यक्ष प्रश्नोत्तर गर्न मिल्ने किसिमको भएको ईडनले जानकारी दिएको छ। सेमिनारमा लामो समय पर्खेर भाषण सुन्नुपर्ने बाध्यता नरहेको र आफुले ईच्छा गरेका कलेज र बिश्वबिद्यालयहरुलाई सिधै प्रश्न गर्न सकिने सुविधा रहेको बताईएको छ।

यस सेमिनारमा ए.टि.एम.सि क्याम्पस, फेडरेसन युनिभर्सिटी, युनिभर्सिटी अफ सन साईन कोष्ट, होटल स्कुल सिड्नी, साउदन क्रस युनिभर्सिटी, हार्वर कलेज, ग्लोवल ईन्टीट्युट, ए.आई.बि.टि कलेज, ई.आई.टी, आई.एच.एम, क्यान्टरवरी टेक्निकल इन्सटिट्युट, सिड्नी सिटी कलेज अफ म्यानेजमेन्ट र आई.एच.एन.ए.कलेजको सहभागिता रहने छ। यी शैक्षिक संस्थाहरुका नेपाल प्रतिनिधिहरुको उपस्थितिले बिद्यार्थीलाई बैदेशिक शिक्षा सम्बन्धी भ्रम चिर्न मद्दत गर्नेमा ईडन बिश्वस्त रहेको ईडनका अध्यक्ष मोहन तिगेलाले बताउनुभयो। IMG_0611

नियमित रुपमा यस्ता कार्यक्रमहरु गरेर बिद्यार्थीलाई बैदेशिक शिक्षाका निम्ति राजधानी धाउनुपर्ने बाध्यतालाई न्युनिकरण गर्ने आफ्नो पहल रहेको उहाँले बताउनुभयो। स्थानीय रुपमा बैदेशिक शिक्षाको परामर्श लिदा बिद्यार्थी ठगी र झुटा कन्सल्टेन्सीहरुबाट नठगिने तिगेलाले जानकारी दिनुभयो।

IELTS परिक्षा दिएर कुनै विकल्पको खोजीमा रहेका पूर्वका विद्यार्थीहरुलाई सर्वसुलभ ढंगले सेवा प्रदान गरिरहदा यस्ता सेमिनारले वैदेशिक अध्ययनका शैक्षिक र आर्थिक पाटोलाई बुझ्न मद्दत गरेको पाईन्छ। कुन कलेज वा बिश्वबिद्यालयमा भर्ना हुने वा नहुने ? अष्ट्रेलियामा शैक्षिक पद्दति कस्तो छ ? अष्ट्रेलिया नेपालीका लागि साँच्चै उचित गन्तव्य हो त ? अष्ट्रेलियामा गएर नेपालीहरु के कस्ता बिषयहरु अध्ययन गर्न सक्छन ? अष्ट्रेलिया पढ्न जाँदा बिद्यार्थीलाई कत्तिको आर्थिक भार पर्छ ? अष्ट्रेलियामा नेपाली बिद्यार्थीले के कस्ता छात्रवृति पाउछन ? कति शैक्षिक योग्यता अष्ट्रेलिया जानको लागि पर्याप्त छ ? कतै अष्ट्रेलियामा पढ्न जाँदा दुख पाईने त होईन ? बैदेशिक अध्ययनले बिद्यार्थीहरुको भविष्यमा कस्तो प्रभाव पार्छ ? मैले अष्ट्रेलिया जान मिल्छ वा मिल्दैन ? यी र थप धेरै प्रश्नहरुको सही उत्तर पाउनलाई सेमिनारमा सहभागी हुँदा जान्न सकिने ईडनकी सञ्चालिका पुनम राईले बताउनुभयो।

सेमिनारका बिभिन्न आर्कषणहरु रहेको समेत भन्दै सञ्चालिका राईले सेमिनारमा सहभागी भई नाम टिपाउने बिद्यार्थीलाई IELTS कक्षा तर्फ भारी छुट दिईने, त्यसैगरी आफ्ना शैक्षिक प्रमाण पत्र ल्याएर सहभागी हुने बिद्यार्थीलाई स्पष्ट एडमिसनको सुविधा पनि रहेको बताउनुभयो। राम्रो शैक्षिक योग्यता भएका बिद्यार्थीले ३० प्रतिशत सम्म छात्रवृटि प्राप्त गर्न सक्ने एवं बिद्यार्थीलाई निशुल्क करियर काउन्सिलिङ प्रदान गर्ने ईडनको लक्ष्य रहेको सञ्चालिका राईको भनाई छ।

यस्तै अफर लेटरका लागि हप्तौं कुरिरहनु पर्ने बाध्यताबाट छुट्कारा पाउनका लागि पनि बिद्यार्थीले सेमिनारमा सहभागी हुने इडेनको बिश्वास छ। बिद्यार्थी बैदेशिक शिक्षासँग सम्बन्धित आर्थिक पाटोका बारेमा स्पष्ट पार्नका लागि नेपाल राष्ट्र बैंकले ‘क’ वर्गमा राखेको एक बैंकलाई पनि सेमिनारमा सहभागी गराउने ईडनका अध्यक्ष मोहन तिगेलाले जानकारी दिनुभयो।

सेमिनारमा उपस्थिति जनाउने बैंकले बिद्यार्थीलाई शैक्षिक कर्जा सम्बन्धि जानकारी दिने तिगेलाले बताउनुभयो। सेमिनार सबै बिषयमा अध्ययनरत बिद्यार्थीका लागि उपर्युक्त रहेको दावी गरिएको छ। नेपाली बिद्यार्थी माँझ ब्यापक रुचाईएका बिषयहरु अध्ययन गराईने कलेज र बिश्वविद्यालयको सहभागिता हुने भएको छ।

सेमिनारमा Accounting, Hotel Management, Leadership, IT, Public Health, Nursing, Engineering, Professional Accounting, Child Care, Tourism, Dental Technology, Marketing लगायत बिभिन्न बिषयहरुका सञ्चालकहरुको सहभागिता रहने भएकाले सबैखाले बिद्यार्थी यस कार्यक्रममा उपस्थित भई जानकारी लिन सक्ने ईडनले जनाएको छ।

बिगतको अनुभवहरुबाट यस्ता सेमिनारहरुले बिद्यार्थीलाई पुर्‍याएको सहयोगले फेरि पनि त्यस्तै प्रकृतिको कार्यक्रम गर्न लागिएको तिगेलाले जानकारी दिनुभयो। धेरै बिद्यार्थीमा मोफसल बाहिर पनि बैदेशिक शिक्षाकालागि परामर्श प्रदान गर्ने संस्थाहरु छन भन्ने जानकारी नभएको अवस्थामा ति बिद्यार्थीलाई यस्ता सेमिनारले धेरै बिश्वस्त बनाउने गरेको ईडनकी काउन्सेलर निता राईको भनाई छ। लामो दुरी तय गरेर बारम्बारको यात्रा गरि काम गर्नुपर्दा दिक्क भएका बिद्यार्र्थीका लागि ईडनले यस्ता सेमिनारहरु गरेर प्रष्ट पार्ने गरेको उहाँको भनाई छ। अबका दिनमा काठमाडौं धाएर कागजी कामहरु झन्झटीलो ढंगले गर्न नपर्ने राईले जानकारी दिनुभयो।

यो बर्ष गरिएका बिभिन्न सेमिनारहरुलाई फर्केर हेर्दा, यस्ता सेमिनारहरुले अभिभावकहरुलाई पनि उत्तिकै प्रभाव पारेको देखिएको भन्दै ईडनकी काउन्सेलर मिनिता श्रेष्ठले अभिभावकहरु आफ्ना सन्तानहरुको शिक्षा प्रति बढी चिन्तित हुने गरेको र अष्ट्रेलियन कलेज तथा बिश्वबिद्यालयहरुसँग संगै बसेर प्रश्न गर्दा निर्धक्क हुने गरेको बताउनुभयो।

लामो दुरी तय गरेर होस वा छोटो दुरी तय गरेर गरिने शैक्षिक यात्रा होस, अभिभावकहरुको मनमा आफ्नो सन्तान प्रति सधै चिन्ता हुने गरेकोले यस्ता कार्यक्रमले काठमाडौंबाट टाढा रहेर पनि बैदेशिक शिक्षा अध्ययन बारे सम्पूर्ण जानकारी पाउने हुँदा अभिभावकहरु निकै खुशी हुने गरेका छन्। आफ्नो घर आगनमै परामर्शदाताले यस्ता कार्यक्रमहरु गर्दा धेरै कुरा बुझ्न पाएको र बैदेशिक शिक्षा प्रतिको सोच फेरिएको एक अभिभावकले बताउनुभएको छ। सेमिनारहरुमा प्रश्नोत्तर गरेपछि प्रकृया शुरु गर्नेको संख्या उलेख्य रुपमा बढ्ने गरेको सञ्चालक तिगेलाले बताउनुभयो। केही बिद्यार्थीका लागि भने धरानमै बैदेशिक शिक्षा सम्बन्धि परामर्श प्रदान गर्ने संस्था रहेको सेमिनारहरुका कारण थाहा हुने गरेको बिगतले देखाएको छ।

बढ्दै गरेको बिद्यार्थीको अष्ट्रेलियाप्रतिको आर्कषणको पछाडि यी कलेज र बिश्वविद्यालयले प्रदान गर्दै आएको गुणस्तरीय शिक्षा नै मुल कारण रहेको र बिद्यार्थीले बैदेशिक जीवनशैलीबाट प्रभाभित भएर राम्रा राम्रा बिकल्पहरुको साथमा आफ्नो देश लिएर फर्कने गरेको पाईन्छ।

ईडनकी अर्की काउन्सेलर प्रेरणा पराजुलीले यस्ता सेमिनारमा सहभागि हुन पाउनु धेरै बिद्यार्थीका लागि सुवर्ण अवसर बन्न सक्ने भन्दै नेपालमा पढ्छु भन्दा पनि नपाईने धेरै बिषयहरु अष्ट्रेलियामा भने सजिलै सम्भव हुने बताउनुभयो।

हिजोआज बिद्यार्थी Child Care, Aged Care, Film Making, Music, Cyber Security जस्ता बिषयहरुमा आर्कशित हुने गरेको पाईन्छ। यी बिषयहरु मध्ये धेरैको अध्ययन नेपालमा हुदैन र भएपनि राजधानी केन्द्रित हुने गरेको पाईन्छ।

यसपटकको फ्रि सेमिनरले अष्ट्रेलियामा उच्च शिक्षा हासिल गर्न जान चाहाने बिद्यार्थीका लागि सुर्वण अवसर बन्नेछ। अष्ट्रेलियाबाटै आउने बिश्वविद्यालयका प्रतिनिधिहरुले त्यहाँको बारेमा राम्रो सँग जानकारी दिईनेछ। त्यो संगै तत्कालै एडमिसन पनि गरिने भएकोले सहभागि बिद्यार्थीले आफ्नो सम्पुर्ण शैक्षिक कागजातहरु ल्याएर आउनुपर्ने पराजुलीले बताउनुभयो। पुर्वमा सबैभन्दा धेरै बिद्यार्थी बैदेशिक अध्ययनमा पठाउदै आएको इडनको यो सेमिनारमा सहभागि भएर मौकाको फाईदा उठाउन बिद्यार्थीलाई इडनले अनुरोध पनि गरेको छ।