भोजपुर | भोजपुरको टेम्केमैयुङ गाउँपालिका- ७ कोटस्थित श्री सिद्धेश्वर प्राथमिक विद्यालयमा कार्यरत ५ जना शिक्षक कर्मचारी - सुवास कट्वाल, शुलोचना राई, स्मृति न्यौपाने,  तेज कुमारी श्रेष्ठ, हेमराज प्रधानले आफूहरूले पाएको १० हजार पोसाक भत्ताबाट आफूले काम गर्ने विद्यालयका ६० जना विद्यार्थीलाई नि:शुल्क पोसाक वितरण गरेका छन् ।

विद्यालयमा अध्ययन गर्ने धेरै जसो विद्यार्थी गरिब तथा विपन्न परिवारका भएकाले विद्यालय आउँदा लगाउने पोसाक जोहो गर्न समस्या भएकाले आफ्नो पोसाक भत्ताबाट आफ्ना विद्यार्थीलाई नि:शुल्क वितरण  गरिएको विद्यालयका प्रधानाध्यापक सुबास कट्वालले जानकारी दिए । पोसाक मात्रै नभइ आवश्यक शैक्षिक सामग्री समेत बेला बेला वितरण  गरिँदै आएको कुरा प्रअ कट्वालले बताउनु भयो ।