नेपालमा कार्यरत अन्य देशका डाक्टरलाई पनि स्वास्थ्य सुरक्षाको व्यवस्था मिलाउन डा.शर्माको माग

  • न्युजडेस्क
  • प्रकाशित मिति: चैत्र २५, २०७६

बिराटनगर/ मोरङको बिराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले नेपालमा कार्यरत भारतीयसहित बिदेशी डाक्टरहरुलाई पनि स्वास्थ्य सुरक्षाको व्यवस्था मिलाउन माग गर्नुभएको छ। सञ्चारकर्मीसँगको कुराकानीमा डा.शर्माले यस्तो माग गर्नुभएको हो।

नेपालका बिभिन्न अस्पतालमा सयौंको संख्यामा भारतीयसहित बिभिन्न मुलुकका डाक्टरहरु बर्षैअघिदेखि कार्यरत रहेकाले उनीहरुलाई पनि स्वास्थ्य बीमासहित स्वास्थ्य सुरक्षाको व्यवस्था मिलाउन डा.शर्माले माग गर्नुभएको हो।

बिश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको रोकथामका लागि स्वास्थ्यकर्मीहरु नै अग्रपंतिमा हुने र उनीहरु उच्च जोखिममा हुने भएकाले स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य सुरक्षाको प्रत्याभूति दिलाएर काममा प्रोत्साहन गर्नुपर्ने डा.शर्माको माग छ।

डा.शर्माले कोरोना रोकथाम र संक्रमितसँगको फ्रन्टलाईनमा डाक्टरहरु नै हुन्छन् भन्दै यहाँ स्वदेशी मात्र नभई बिदेशी डाक्टरहरु पनि धेरै रहेको र यस्तो बेला स्वदेशी बिदेशीबीच फरक नछुट्याई सबै स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य सुरक्षाको व्यवस्था मिलाएर प्रोत्साहन गर्नुपर्ने बताउनुभयो।

फरक प्रसंगमा उहाँले अहिले स्वदेशमै रहेकामा पनि संक्रमण देखापरिसकेकाले अब स्वाव परिक्षणको मात्रा बढाउनुको बिकल्प नभएको दावीसमेत गर्नुभएको छ। उहाँले लक्षण नदेखिदै पनि संक्रमण भईसकेको हुनसक्ने भन्दै यस्तो अवस्थामा धेरै भन्दा धेरै व्यक्तिको परिक्षण गनुपर्ने बताउनुभयो।

सम्भावित महामारी रोकथामका लागि मुलुकका अधिकांस जिल्लामा परिक्षण गर्ने व्यवस्था मिलाएर हजारौं व्यक्तिको परिक्षण गर्ने वातावरण मिलाउन डा.शर्माको सुझाव छ।

 


सञ्चालक/सम्पादक: त्रिलोचन पौड्याल

मोबाइल नं.: ९८५२०४९३५१

ठेगाना: इटहरी–६ सुनसरी

बिज्ञापनका लागि : ०२५-५८९३५१ / [email protected]

सूचना विभाग दर्ता नं. ३८९/०७३–०७४

Copyright © 2015 / 2023 - Purbikhabar.com All rights reserved