देवराज थापा इटहरी / बीसवटा वडामध्ये १५ वटामा एमालेबाट निर्वाचित वडाध्यक्ष र उपमेयरसहित इटहरी नगरसभामा नेकपा एमालेको स्पष्ट बहुमत छ। एमालेले समर्थन नगरे कुनै एजेन्डा पास हुँदैन।

हरेक वडाले आ–आफ्नो क्षेत्रको जग्गा वडाबासिसहितको भेला गरि मूल्य निर्धारण सहित बर्गीकरण गरेर राजस्व समितीलाई बुझायो । म त भन्छु गाउँटोलबासी राखेर वडाले निर्धारण गरेको बिषय वडाध्यक्षलाई पनि दोष देखाउने पक्षमा छैन। सो समितिको संयोजक उपमेयर हुनुहुन्छ। उपमेयर एमालेबाट निर्बाचित हुनुहुन्छ।

नगरसभामा उपमेयरद्वारा प्रस्तुत राजस्व बिषय टेबुल पश्चात नगरसभाले पास गरेर बैधानिकता हासिल गरेपछि एमालेले झिक्यो चर्को राजश्वको बखेडा। कति सदस्यले अध्ययन गर्नै पाएनौ भनेर लाजको मुख ढाक्ने कोसिस गरे। पढ्न पाईन भनेर मतदाता ले मान्लान ?छुट छ ?

आफैले प्रस्तुत र पास गरेर आफै फेरि पुनसमायोजनको नाम दिएर एमालेबाट निर्बाचित वडाध्यक्ष उमेश सुबेदीको संयोजकत्वमा सदस्य बिज्ञसहितको उपसमिति गठन गरियो।

सो समिति ले के कती काम गर्‍ यो सार्बजनिक भएन (समिति सदस्य कतिले अगावै राजिनामा दिएको भन्ने पनि सुन्नमा आयो) समितिबाट माईन्युट लेखन भएन। किन भएन,माईन्युट बिनाको टुहुरो प्रतिबेदन माथि छलफलको औचित्य के? समितिको माईन्युट नभएपछि समितिको औचित्य सकियो भन्दा अन्यथा नहोला ।

अव आयो एकचौथाई सदस्यले लिखित माग गरे बैठक बोलाउनुपर्ने ऐनमा ब्यवस्था

एमालेलाई प्रश्न ? बैठक बोलाउदा एजेन्डा हुनुपर्छ कि पर्दैन? जसले जुन बिषय अघिल्लो नगरसभामा पेस गरे उनिहरूकै बहुमत समर्थनले बैधानिक्ता पायो सोही बिषय तिनै सदस्यमार्फत सभामा पुनः एजेन्डा बनाउने नैतिकता र स्थानीय सरकार सञ्चालन ऐन २०७४ को कुन धारा र दफा मा छ ? 

आफै एजेण्डा सभामा ल्याएर पास गर्ने, आँफै उपसमिति गठन गरेर समितिलाई अलपत्र पार्ने। जसले पास गरे उसैले जनताको नाम भजाएर मेयरको टाउकोमा दोष थुपारेर । अझ माफि माग्नुपर्ने जस्तो गैरजिम्मेवार ढंगबाट प्रस्तुत भई  पुनः छलफल हुनप¥यो भन्ने यस्तो गैरजिम्मेवार, नौटंकी र द्वेध चरित्र जनताले पक्कै बुझ्लान। द्वैध चरित्र एमालेको केन्द्रदेखी कै पुरानै रोग हो।

करको बिषय साझा मुद्दा हो। म कांग्रेसको कार्यकर्ताको नाता ले बोल्ने हो भने करको जबाफ एमालेले दिनुपर्छ। करको दर घट्नुपर्छ भन्नेमा मेरो कुनै दुईमत छैन तर कर को बिषय मेयर माथि थोपरेर जनता झुक्याउदै बजारमा ईमान जमान र नैतिकता बिहिन नाङ्गो नाच देखाउने प्रयास नगरेकै राम्रो। हातहातमा मोबाईलमार्फत हमेसा अपडेट रहने ईटहरीबासीलाई झुक्याउन त्यति सजिलो छैन। 

(यो लेखकको ब्यक्तिगत बिचार हो। यसमा सम्पादकीय निती आकर्षित हुँदैन–सम्पादक)