जेल पनि सहुँला नेल पनि सहुँला
जेल पनि सहुँला ए कान्छी नेल पनि सहुँला
तिमी हुन्छ मात्रै भन... २
दुनियाँको झेल पनि सहुँला
ए कान्छी झेल पनि सहुँला
खेल पनि सहुँला
नमिठो खेल पनि सहुँला

आगो नि सहुँला पानी नि सहुँला
आगो नि सहुँला ए कान्छा पानी नि सहुँला
तिमी लान्छौ भने मलाई ... २
दुखै दुःखको खानिनी सहुँला
दुःखको खानिनी सहुँला
खानिनी सहुँला
दुःखको खानिनी सहुँला

अधुरै हुन्छु नि ओठको हाँसो
तिम्रो साथ बिना यो जिन्दगी पासो
चुलिका चुलि मै माया दिउँला
तिम्रा दुःख पिडा सबै मै लिउँला
पिर नगर मेरै भर पर
नमान कत्ति डर

हाँसो नि सहुला ए कान्छा आँशु नि सहुँला
तिमी लान्छौ भने मलाई.....२
दुनियाँको चासो नि सहुँला
ए कान्छा चासो नि सहुँला

आँधी नि सहुँला उर्लेको भेल पनि सहुँला
तिमी जान्छु मात्रै भन.....२
खेल पनि सहुँला
नमिठो खेल पनि सहुँला

चाहिदैन सुनको सिक्री सुनैको बाला
लाख हुन्छ तिमीले दिएको फुलैको माला
हामी यस्तो संसार बनाउँला
जहाँ माया नै माया सजाउँला
त्यही संसारमा दुनियाँलाई स्वर्ग के हो देखाउँला

दिन पनि सहुँला ए कान्छा रिन पनि सहुँला
तिमी लान्छु मात्रै भन.....२
जस्तो सुकै छिन् पनि सहुँला
ए कान्छा रिन पनि सहुँला

जाल पनि सहुँला ए कान्छी गाल पनि सहुँला
तिमी हुन्छ मात्रै भन.....२
परि आए काल पनि सहुँला
ए कान्छी काल पनि सहुँला
काल पनि सहुँला
ए कान्छी काल पनि सहुँला ....

अहिले सामाजिक सञ्जाल तताएको यो गित सायदै नसुन्नुभएको होला, यो गितका बिभिन्न लाईनहरु लिएर टिकटकमा २ लाख ५० हजार भन्दा धेरैपटक भिडियो बनिसकेको छ। लकडाउनमा रहेको बेला समय कटाउने माध्यम पनि भएको छ यो गित। शब्द संगित अनि स्वर र भिडियोको एक कम्प्लिट प्याकेज बनेको छ यो गित।

प्रस्तुत गितका संगितकार हरि लम्साल र गायक/ गायिका बलबहादुर राजबंशी र मेलिना राई हुनुहुन्छ। प्रस्तुत गितको भिडियोमा लक्ष्मी बर्देवा, जीवन भट्टराई अनि राज खड्काले अभिनय गर्नुभएको छ। यहि गितका गितकार रोहन पौडेलसँग पूर्वी खबरका प्रकाशक/सम्पादक त्रिलोचन पौड्यालले गितका बिषयमा रहेर छोटो कुराकानी गर्नुभएको छ, प्रस्तुत छ पौडेलसँगको टेलिफोन सम्बादको सम्पादित अंश :

# यो गित कसरी जन्मियो गितकार ज्यू ?
* यो गित लेख्ने क्रममा त्यतिकै लेखिएको हो, यसमा कुनै संयोग छैन, लेख्ने क्रममा माया प्रेमका कुरा समेटेर टिनएजरहरुलाई टार्गेट गरे लेखेको हुँ, साँचो माया गर्नेहरुले कतिसम्म गर्न सक्छन् भन्ने उदाहरण प्रस्तुत गरेको हुँ, समाजमा पोजेटिभिटी प्रस्तुत गर्नलाई यो गित लेखेको हुँ।

# अहिले यो गित सबैको मुखमा झुण्डिएको छ, कस्तो महशुस गर्दै हुनुहुन्छ ?
* एकदमै खुसी छु, टिकटकमा २ लाख ५० हजार भन्दा बढिपटक भिडियो अपलोड भईसकेको छ, राम्रो खुराक प्रस्तुत गरिएछ भन्ने लागेको छ, टिमकै मेहेनतले गित उत्कृष्ट भएको छ खुसी छु।

# अरु कुन कुन गित लेख्नुभएको छ ?
* धेरैवटा लेखेको छु, जस्तै अजर जंगमले गाउनुभएको कुनैदिन कुनैपल, मेलिना राई र सन्तोष लामाले गाएको जीन्दगीको दुईपल, यस्तै चञ्चले चुल्बुले आदि जस्ता गित लेखेको छु।

# गित चर्चित हुन के के चाहिन्छ जस्तो लाग्छ तपाँईलाई ?
* हाम्रो समाजमा निम्न, मध्यम बर्गिय मानिसहरु ज्यादा छन् त्यसो हुँदा सबैले बुझ्नेखालको शब्द हुनुपर्दछ अनि संगितकारको संगित, म्युजिक एरेन्जरको संगित संयोजन अनि गायक गायिकाले गितलाई उचित न्याय दिँदा,अनि अहिले गित सुन्ने भन्दा पनि हेर्नेहरुको संख्या ज्यादा छ तसर्थ गितको मर्म अनुसारको भिडियो बनेको खण्डमा गित चर्चित बन्दछ जस्तो लाग्छ मलाई।

# तपाँई त बैदेशिक रोजगार ब्यवसायी मान्छे कसरी यस्ता गित फुराउन भ्याउनुहुन्छ ?
* हैन म सानैदेखि कबिता, कथा लेखिरहने मान्छे हुँ, अलि ठुलो भएपछि एफएमहरुमा रचनाहरु पठाउँथे, त्यहि बानीलाई निरन्तरता दिएको हुँ, दर्शक श्रोताको अपार माया पाएको छु अव गित लेखनलाई अझ शशक्त बनाउनेछु। 

*****************************************************************************************************

हेर्नुहोस भिडियो :