आफै भित्र उमारेर आँखा अघि हुर्काएको
साना साना प्वाँखलाई राम्रो भनी फुरक्याएको !
आफ्नै मुटु हुर्किएर टाढा कतै उडान भर्दा
पिडा सबै बिर्सिएर ! हर्षित भई गह भर्ने !
आमा तिनै हुन !!

टालाटुलि बटुलेर जाडो छेक्ने भोटो सिउने
अनगिन्ती प्रहार झेल्दै सके सम्म हासी जिउने
भोको पेट बिर्सिएर के पो खाला नानी भन्दै
रित्तिएको डालो हेरि ! व्रत बस्न रहर गर्ने !
आमा तिनै हुन !!

चारै प्रहर भिन्ना भिन्नै पात्र लाई खुशी पार्ने
सुख समाइ सके सम्म दुस्ख जति पर सार्ने !
देखे जत्ती चाहियो भनी बेपर्बाह जिद्दी गर्दा
खाली भाको पोल्टो छामी भोलि दिने बाचा गर्ने !
आमा तिनै हुन !!

हो तिनै हुन आमा !!

-जीवन घिमिरे
ग्रामथान गाउँपालिका ६ नेताचोक मोरङ