इटहरी/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक गरेको पदाधिकारीको सूचीमा चित्त नबुझाएर सचिवमा उम्मेदवारी दिएका दुवैजना एमाले नेता पराजित भएका छन्।

सचिवमा उम्मेदवार बनेका टंक कार्की र भिम आचार्य पराजित भएका हुन्। सचिवका प्रत्यासी कार्की र आचार्यले प्राप्त गरेको मत परिणामको औपचारिक जानकारी आउन बाँकी छ ।

सचिवमा निर्वाचित भएका गोकर्ण बिष्टले सर्वाधिक १ हजार ९ सय ७६मत, योगेश भट्टराईले १ हजार ९ सय ६४ मत, पद्मा अर्यालले १ हजार ८ सय मत, छबिलाल बिश्वकर्माले पनि १ हजार ८सय मत, यस्तै लेखराज भट्टले १ हजार ७ सय ४ मत, टोपबहादुर रायमाझीले १ हजार ७मत र रघुवीर महासेठले १ हजार ५ सय १३ मत प्राप्त गरेका छन्।

यस्तै अध्यक्षको उम्मेदवारी दिएका भिम रावल‚ उपाध्यक्षमा उम्मेद्वारी दिएका घनश्याम भुसाल पनि पराजित भएका छन्। अध्यक्षमा रावलले २१३ मत प्राप्त गरी पराजित भए भने उपाध्यक्ष पदमा भुसालले ७२५ मत प्राप्त गरे ।