झापा/ सवारी दुर्घटना न्यूनीकरण र सडक सुशासन कायम गराउन साताव्यापी कार्यक्रम गरिने भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले पुष ४ गतेदेखि झापाका बिभिन्न ठाउँमा सवारी दुर्घटना न्यूनीकरण सम्वन्धि सचेतनामूलक कार्यक्रम गर्न लागेको हो। 2

बिषेश गरी पुस र माघ महिनामा बिहान बेलुका बाक्लो हुस्से लाग्ने र सवारी सञ्चालनमा कठिनाई हुने हुँदा सडक सुशासन र दुर्घटना न्यूनीकरण सम्वन्धि कार्यक्रम गर्न लागिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक निशेष चापागाईले बताउनुभयो । 1

१ नम्वर प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालय बिराटनगर र प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीको संयुक्त आयोजनामा सप्ताहव्यापी कार्यक्रम १ नम्वर प्रदेश भरी नै सञ्चालन भइरहेको र झापामा पनि सोही ट्राफिक सचेतना अभियान गर्न लागिएको प्रहरी निरीक्षक चापागाईले बताउनुभयो । चापागाईका अनुसार ट्राफिक सप्ताहको उद्घाटन प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिनाले गर्नुहुनेछ । बिर्तामोडमा आयोजित समारोहको उद्घाटन अघि सचेतना ¥याली सहित प्रभातफेरि गरिने र सडक सुशासन सम्वन्धि अभिमुखीकरणसमेत हुनेछ। 4

कार्यक्रममा झापाका बिभिन्न सामाजिक संघ संस्था, सरकारी निकायका प्रमुख तथा प्रतिनिधि, यातायात व्यवस्था कार्यालय मेची, निजी तथा सामुदायिक विद्यालयका शिक्षक, विद्यार्थी, नागरिक समाज, वुद्धिजीवी सहभागी हुनेछन्।

कार्यक्रम अन्तरगत जिल्ला ट्राफिक प्रहरी कार्यालय र मातहतमा रहेका युनिटले प्रमुख चौकहरुमा ५ /५ जना विद्यार्थी, २/२ जना स्काउट स्वयमसेवक तथा २/२ जना ट्राफिक प्रहरी बसेर सडक प्रयोगकर्तालाई बाटो काट्न सिकाउने, चालकको गल्ती औंल्याउने र उनीहरलाई सम्झाई बुझाई गर्ने, स्थानीय तह, सरोकारबाला निकाय, संघ संस्थासंग समन्वय तथा सहकार्य गरी प्रमुख लोकमार्ग, सहायक मार्ग तथा फुटपाथमा हुने अब्यवस्थित पार्किङ, अस्थायी टहरा, वर्कसप, ग्यारेज, व्यापारिक प्रयोजनका सामग्री,निर्माण सामग्री हटाइने छ 5

स्कुल तथा कलेजका बसको समेत अनुगमन, भाडाका सवारीको अनुगमन तथा कागजात,सवारीको अवस्था,गति, पोशाकको प्रयोग, क्षमता तथा ओभरटेक सम्वन्धि प्रशिक्षण समेत प्रदान गरिने छ।

ट्राफिक नियम उल्लंगन गर्ने चालक र सवारीलाई कानूनी कारवाही गर्दै गल्ती नदोहोर्‍याउन सुझाव दिइने छ। सार्वजनिक यात्रुवसमा सवारी साधनहरुमा डस्विन, ज्येष्ठ नागरिक, महिला तथा अशक्त भएकाहरुलाई आरक्षित सिटको प्रयोग भए नभएको समेत ट्राफिक सप्ताह अवधिभरि हेर्ने कार्यक्रम रहेको प्रहरी निरीक्षक चापागाईले बताउनुभयो।