इटहरी/ सुनसरीको इटहरीस्थित बेदान्त हस्पिटलमा Gastroenterology and Herpetology सेवा प्राप्त गर्न सकिने भएको छ। बिराटनगरका बरिष्ठ पेट आन्द्रा तथा कलेजो रोग बिशेषज्ञ डाक्टर पवन पराजुलीको सेवा बेदान्त हस्पिटलमा प्राप्त गर्न सकिने भएको हो।

अव हरेक शनिबार Gastroenterology and Herpetology,TUTH,IOM को सेवा प्राप्त गर्न सकिने हस्पिटल प्रशासनले जनाएको छ। 

हस्पिटल प्रशासनले तपाईँ तथा तपाईँको कोहि आफन्तलाई खान मन नलाग्ने, खाना निल्दा गाह्रो हुने, वाकवाकी लाग्ने बान्ता हुने भोक नलाग्ने, थकाई लाग्ने, तौल घट्बढ् हुने, मुखमा अमिलो पानी आउने, पेट छाती तथा मुटु पोल्ने दुख्ने, पेटमा पानी जम्मा हुने, पेट फुल्ने, खुट्टा सुन्निने, पेटभित्र गानो गोला (ग्याँस भरिएको) भएको महसुस हुने, खाना नपच्ने, कब्जियत तथा पातलो दिशा हुने दैनिक दिशा नहुने दिशामा रगत जाने रगत बान्ता हुने, शरीरमा रगतको कमी हुने, गाढा पहेलो पिसाब आउने छाला तथा आँखा पहेँलो हुने(जन्डिस) देखिने पेट तथा आन्द्रामा घाउ र अल्सर हुने कलेजो फुल्ने र सुन्निने, कलेजो वरिपरि बोसो  (Fatty Lever) जम्मा हुने कलेजोमा कडापन (Cirrhosis) हुने शरीर चिलाउने भाइरसको संक्रमण (Hepatitis A,B,C,D,E) हुने मदिरा सेवनको कारणले कलेजोमा वरिपरि बोसो जम्मा हुने पेट आन्द्रा  प्यान्क्रियाज तथा कलेजोको क्यान्सर लगायत पेट र आन्द्रा तथा कलेजो सम्बन्धी कुनैपनि समस्या भएमा बेदान्त हस्पिटलमा सम्पर्क गर्न आग्रह गरेको छ।

यस्तै इन्डोस्कोपी तथा कोलनसकोपी सेवाको लागि पनि अग्रिम नाम दर्ता गर्न सकिने हस्पिटल प्रशासनले जनाएको छ। स्वास्थ्य सम्बन्धि कुनै समस्या भए फोन नम्बर ०२५–५८७५८४ वा मोवाईल नम्बर ९८११३३७१३२मा सम्पर्क गर्न सकिने हस्पिटल प्रशासनले जनाएको छ।