सुनसरी/ प्रगतिशील लेखक संघ (प्रलेस) सुनसरीमा टिका घिमिरे “मिलन” अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको छ। नेपालमा प्रगतिवादी चिन्तन तथा वामपन्थी विचार बोक्ने स्रष्टाहरुको साझा साहित्यिक मोर्चा प्रलेसको नवौँ अधिबेसनबाट “मिलन” अध्यक्ष चुनिनुभएको हो।
इटहरी ५पचरुखी स्थित जनजागरण पुस्तकालयको हलमा शनिबार भएको नवौं जिल्ला अधिवेशनबाट “मिलन” सर्वम्मत अध्यक्ष हुनुभएको र तेह्र सदस्यीय प्रलेस सुनसरी जिल्ला कार्यसमितिमा उपाध्यक्ष बिमला पोखरेल चयन हुनुभएको छ।
![](/uploads/advertise/janata school_1720267096.jpg)
यस्तै प्रलेस सुनसरीको सचिवमा कृष्ण नेपाल सहसचिवमा कृष्णप्रसाद गौतम र कोषाध्यक्षमा मिथिला पोखरेल सर्वसम्मत चयन हुनुभएको छ। यस्तै सदस्यहरुमा शुस्मा तिम्सिना, कविराज घिमिरे, सुस्मिता नेपाल निरौला, सृजना नेपाल सुवेदी रहनुभएको र अरु चारजना सदस्यलाई क्षेत्र र समावेशिताको आधारमा समितिले छनौट गर्ने नवअध्यक्ष “मिलन”ले बताउनुभयो।
अधिवेशनमा प्रलेसका प्रदेश १ का अध्यक्ष डा.देवी दुलाल प्रमुख अतिथि, प्रलेस प्रदेश उपाध्यक्ष डा. खेमराज खनाल, प्रलेस प्रदेश महिला उपाध्यक्ष तिला लेकाली बिशेष अतिथि हुनुहुन्थ्यो।
![](/uploads/advertise/jeniksh_1697522121.gif)
त्यसैगरी अन्य अतिथिहरुमा प्रलेस संखुवासभा अध्यक्ष राजेन्द्र सर्वहारा, प्रलेस झापा अध्यक्ष बिन्दु दाहाल “मूकदर्शक” लगायत उपस्थित रहेको कार्यक्रमलाई रमेश धमलाको सञ्चालन गर्नुभएको थियो। प्रलेस सुनसरीका निबर्तमान अध्यक्ष रामप्रसाद खरेलको अध्यक्षतामा भएको कार्यक्रममा सरस्वती न्यौपानेको स्वागत मन्तव्य राख्नुभएको थियो।