बराहक्षेत्रको चक्रघट्टीमा मंगलबार नेकपा एमालेको चुनावी सभामा चक्रघट्टी बजारले थाम्न नसक्ने जनसागरको भिड भएको छ । चुनाब लक्षित उक्त कार्यक्रम नेकपा एमालेका पोलिटब्युरो सदस्य, प्रदेश नम्बर-१ का पूर्व मुख्यमन्त्री शेरधन राईको प्रमुखआतिथ्यता र बराहक्षेत्रका निर्वाचन परिचालन कमिटी संयाेजक बद्रीनाथ घिमिरेकाे सभाध्यक्षतामा भईरहेको छ ।

sher sher

कार्यक्रमा नेकपा एमालेका केन्द्रीय सांसद जयकुमार राई , केन्द्रय सदस्य भगवती चौधरी , केन्द्रिय लेखा आयोगका सदस्य डि.बि. शाहशंकर,जिल्ला स्तरका नेताहरु रेवतीरमण भण्डारी , योग्यराज खड्का, भेषराज कार्की, तिर्थमाझी, सुरज भण्डारी , आरति भट्टराई, जिवि गजल लगायत दशौं हजार कार्यकर्ताको बाक्लो उपस्थिति रहेको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि राईले पाँच दलिय गठबन्धन भनेको पाँच मुखे रुद्राक्ष जस्तो बिना मुल्यको र नेकपा एमाले भनेको  एकमुखे रुद्राक्ष जस्तो बहुमुल्य भएको बताएका छन् ।

sher nati

बराहक्षेत्रमा नेकपा एमाले बाहेक अन्य पार्टीले जित्ने कुरा सोच्न पनि नसकिने सहभागी एमाले समर्थकहरुले बताएका छन् । बराहक्षेत्रमा मेयरमा निलम खनाल, उपमेरमा नन्दकुमारी राईलाई एमालेले उमेदवार बनाएको छ । बराहक्षेत्रमा  २०७४को स्थानीय चुनावमा पनि ११ वडा मध्ये ८ वटा वडामा नेकपा एमालेले जितेको हो । यस वर्ष भने मेयर उपमेयर सहीत सबै वडा जित्नेमा बराहक्षेत्रको नेकपा एमाले ढुक्क छ ।साथै कार्यक्रममा ५० जना भन्दा बढी अन्य पार्टीका कार्यकर्ताहरु नेकपा एमालेमा प्रवेश गरेका छन् । 

sher jay