लेटाङ्ग/ मोरङको लेटाङ्ग १ मा गठबन्धनका उम्मेद्वारलाई पराजित गर्दै नेकपा एमालेका उम्मेद्वार बिष्णुकुमार मगर प्यानलसहित बिजयी भएका छन्। निवर्तमान वडाध्यक्ष समेत रहेका मगर ९ सय ७९ मतसहित बिजयी भएका हुन्।

गठबन्धन बनाएर चुनावी मैदानमा होमिएका कांग्रेसका उम्मेद्वार बालकुमार चेम्जोङ्गलाई २ सय ३८ मतान्तरले पराजित गर्दै मगर निर्वाचित भएका हुन्। पराजित चेम्जोङ्गले ७ सय ४१ मत प्राप्त गरेका छन्।

यस्तै महिला सदस्यमा गीता मगर ९ सय ४१ मतसहित विजयी हँदा दलित महिला सदस्यमा फूलमाया विश्वकर्मा ९ सय ४१ मतसहित विजयी भएकी छन्।

यस्तै खुल्ला सदस्यमा गणेश मगर ९ सय २२ मतसहित र अर्का उम्मेद्वार चञ्चलाल मगर ८ सय ९८ मतसहित बिजयी भएका छन्।

लेटाङ १मा १ हजार ९ सय ६७ मत खसेकोमा नगर प्रमुख र उपप्रमुखमा समेत नेकपा एमालेका उम्मेद्वारहरुलाई बढी मत प्राप्त भएको छ। लेटाङ १मा २८ मत बदर भएको छ।