हिजो ऊ समाचार बनेपछि
यता घरमा
बा, आमा फेरी झस्किए र
छोरो खोज्न हिँडेकाछन्

..............

“ऊ सानो छँदा
बा मुग्लान थिए,
उसले बारम्बार हजुरबा खोजे पछि
हामीले सुनाएका थियौं।।।।।
घर छेउको बाँसघारीमा हजुर बुबालाई सफाया गरेको कुरा
उसले सफाया बुझेन ।
हामीले बुझाउन सकेनौं।
त्यसैले
ऊ हजुरबा खोज्न राजधानी पुगेको थियो।
सफायाको अर्थ खोज्दै थियो”।

खै ? कस्तो प्रश्न गर्‍यो ?
एक हुल देशको पोशाक लाएका आए,
मुख बन्द गरे
कहाँ लगे ?
तपाईंलाई थाहा छ ?
शहरमा ‘वाक् बन्दी’ राख्ने बन्दिखाना कहाँ छ ?

ttttt

- गिता अधिकारी
   धनकुटा