आत्मघाती गोलको मद्दतले चर्च ब्वाइज क्लब काठमाण्डौ इटहरी गोल्डकपको फाईनल प्रवेश उपाधी कब्जाका लागि शनिबार सगरमाथासँग भिड्ने

  • न्युजडेस्क
  • प्रकाशित मिति: चैत्र ९, २०७९

इटहरी/ आत्मघाती गोलको मद्दतले चर्च ब्वाइज क्लब काठमाण्डौ सुनसरीको इटहरीमा जारी १३औं अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको फाईनल प्रवेश गरेको छ। बिहिबार भएको दोश्रो सेमिफाइनल खेलमा आर्मीका दीपक गुरुङ्गले गरेको आत्मघाती गोलको मद्दतले चर्च ब्वाईज फाईनल प्रवेश गरेको हो।

इटहरी रंगशालामा भएको दोश्रो सेमिफाईनल खेलमा बिभागीय टिम त्रिभुवन आर्मी फुटबल क्लवका जर्सी नम्बर ३२का खेलाडी दिपक गुरुङ्गले पहिलो हाफको २१औँ मिनेटमा इमर्जेन्सी बल हेडमार्फत आउट हान्न खोज्दा गोलमा परिणत भएको थियो।

पहिलो हाफ १–०मा सकिएकोमा दोश्रो हापमा पनि दुवै समुहबाट गोल गर्न पटकपटक प्रयास गरेपनि थप कुनै गोल हुन सकेन।

गुरुङ्गले गरेको आत्मघाती गोल नै दोश्रो सेमिफाईनलको निर्णायक गोल हुँदै चर्च ब्वाईजलाई फाईनल प्रवेशको बाटो खुल्ला गराउने गोल बन्यो।

आजको खेलको म्यान अफ द म्याच चर्च व्वाईजका जर्सी नम्बर १९का अफ्रिकन खेलाडी फ्य्रांकलिन तल्ला घोषित हुँदै नगद १०हजारसहित ट्रफी हात पारेका थिए। IMG_8991

उनलाई पूर्वी पृतना हेडक्वाटर इटहरीका पृतनापति उपरथी डा.आशबहादुर तामाङ्ग र इटहरीका ब्यवसायी देवराज मादेनले पुरस्कृत गरेका थिए।

अव शनिबार हुने फाईनल खेलमा उपाधी रक्षाका लागि चर्च ब्वाईज मच्छिन्द्र फुटबल क्लब काठमाण्डौलाई ३–१ले पराजित गर्दै फाइनल प्रवेश गरेको साबिक बिजेता सगरमाथा फुटबल क्लवसँग आमने सामने हुँदैछ।

राष्ट्रिय जागृति क्लबको आयोजनामा इटहरी रंगशालामा चैत ११ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको बिजेताले नगद १० लाख र उपबिजेताले ५ लाख रुपैया पुरस्कार पाउने छ।

यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद १ लाख रुपैया प्रदान गरिनुका साथै बिभिन्न बिधामा उत्कृष्ट हुनेले नगद २० हजार पाउने छन्।


सञ्चालक/सम्पादक: त्रिलोचन पौड्याल

मोबाइल नं.: ९८५२०४९३५१

ठेगाना: इटहरी–६ सुनसरी

बिज्ञापनका लागि : ०२५-५८९३५१ / [email protected]

सूचना विभाग दर्ता नं. ३८९/०७३–०७४

Copyright © 2015 / 2023 - Purbikhabar.com All rights reserved