धितो राख्ने तिलहरी
सम्म त रहेछ आमासंग
र छोरोले
परीक्षा दिन पायो।
कति कति का यहाँ
न आमा हुन्छिन्,
न धितो राख्ने गहना
न पाँच हजार पत्याउने साहु
न समाचार बनाइदिने व्यक्ति।
उसको जीवन, उसको मन
यति बेसहारा
यति एक्लो
आफ्नो हृदय
पत्थर हुँदै गएको
टुक्रिदै गएको उसैलाई मात्र
थाह हुन्छ।

-पूर्णगंगा कार्की
बराहक्षेत्र