नयाँबर्षको अवसरमा केराबारी २ मा वडाध्यक्ष कप भलिबल प्रतियोगिता हुने

  • न्युजडेस्क
  • प्रकाशित मिति: चैत्र २५, २०७९

केराबारी/ मोरङ्गको केराबारी २ सिंहदेवीमा प्रथम जेफाले वडाध्यक्ष कप भलिबल प्रतियोगिता हुने भएको छ। नयाँबर्षको अवसरमा प्रतियोगिता सञचालन गर्न लागिएको हो।

प्रतियोगितामा मोरङ्गको लेटाङ्ग नगरपालिका, बेलबारी नगरपालिका, केराबारी गाउँपालिका, धनकुटाको चौबिसे गाउँपालिका, साँगुरीगढि गाउँपालिका, पाँचथरको मिक्लाजुङ गाउँपालिका, भोजपुरको हतुवागढी गाउँपालिका, आमचोक गाउँपालिका, र रामप्रसादराई गाउँपालिका अनि सुनसरीको इटहरी उपमहानगरपालिका सहभागी हुने आयोजकले जनाएको छ।

प्रतियोगितामा प्रथम हुनेले नगद ७५हजार, ट्रफि र मेडल अनि दोश्रो हुने समुहले नगद ४० हजार, ट्रफि र मेडल प्राप्त गर्नेछन्। यस्तै तेश्रो र सान्त्वना हुनेलाई पनि पुरस्कृत गरिने भएको छ।

बैशाक ५ गते फाईनलका दिन लेटाङ्गको महिला भलिबल क्लव र केराबारीको महिला भलिबल क्लव बीच प्रतिष्पर्धा हुने आयोजक समितिका देबि लिम्बुले जानकारी दिनुभयो।

यस्तै सोहि दिन चौबिसे गाउँपालिका र केराबारी गाउँपालिकाको भेट्रान क्लव बीच पनि खेल हुने आयोजक समितिका लिम्बुको भनाई छ।

 


सञ्चालक/सम्पादक: त्रिलोचन पौड्याल

मोबाइल नं.: ९८५२०४९३५१

ठेगाना: इटहरी–६ सुनसरी

बिज्ञापनका लागि : ०२५-५८९३५१ / advt.purbikhabar@gmail.com

सूचना विभाग दर्ता नं. ३८९/०७३–०७४

Copyright © 2015 / 2023 - Purbikhabar.com All rights reserved