इटहरी/ इटहरी ४ मा रहेको सेफर्ड चिल्ड्रेन एकेडेमीले १९औँ बार्षिकोत्सव एवं अभिभावक दिवस मनाएको छ। स्कुलले शुक्रबार इटहरी ६ स्थित किराँत राई यायोक्खाको तायारिप्ची भवनमा एक कार्यक्रमका बीच बार्षिकोत्सव एवं अभिभावक दिवस मनाएको हो।sabaiस्कुलकी निर्देशक एलिना शर्माको अध्यक्षता एवं कोसी प्रदेश सभा सदस्य तथा नेकपा एमाले कोसी प्रदेशका प्रमुख सचेतक रेवती भण्डारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा इटहरी ४ का वडाध्यक्ष भक्त लामा एवं वडा सदस्यहरु अमृत बस्नेत, दिलु बराइलीलगायत उपस्थित हुनुहुन्थ्यो।

foto oneपाँच सय जना भन्दा बढि अभिभावक एव्र बिद्यार्थी उपस्थित १९औँ बार्षिकोत्सव एवं अभिभावक दिवस कार्यक्रममा स्कुलमा अध्ययनरत प्ले ग्रुप देखि कक्षा ९सम्म अध्ययनरत बिद्यार्थीले बिभिन्न प्रस्तुती प्रस्तुत गरेका थिए।

प्रमुख अतिथि रहनुभएका भण्डारीले लहडका भरमा इटहरीका मेयर हेमकर्ण पौडेलले युनिफर्म परिवर्तनको हौवा फैलाएको आरोप लगाउनुभयो। उहाँले युनिफर्म नयाँ लागु गर्ने भनेर अभिभावकहरुलाई आर्थिक भार थपेको आरोप लगाउँदै मेयर पौडेलको कदमले निजी शैक्षिक सँस्थाहरुलाई मनोबल गिराएको बताउनुभयो।

rewati comredभण्डारीले युनिफमले शिक्षाको मापन नगर्ने भन्दै युनिफम शिक्षाको मापक नभएको बताउनुभयो। उहाँले स्कुलमा अध्ययनरत बिद्यार्थीलाई अनुशासनमा अब्बल बन्दै शिक्षाको गुणस्तर बढाउन अभिभावक पनि लाग्नुपर्ने बताउनुभयो।

भण्डारीले सेफर्ड स्कुलका बिद्यार्थीको प्रस्तुती हेरेर आफु निकै हर्षित मात्र नभइ दंग समेत परेको भन्दै स्कुलका प्राचार्य मिलन राईको नेतृत्वमा सेफर्ड एक उत्कृष्ट स्कुल बन्न सक्ने बिश्वास ब्यक्त गर्नुभयो। उहाँले स्कुललाई आगामी दिनमा इटहरी मात्र नभई प्रदेश कै उत्कृष्ट विद्यालय बनाउनको निम्ति शुभकामना समेत ब्यक्त गर्नुभयो।

यस्तै वडाध्यक्ष भक्त लामाले सेफर्ड स्कुल स्थानान्तरणमा सहयोग वडाले र आँफुले सक्दो सहयोग पुर्‍याएको भन्दै आफ्नो सन्तानलाई अब्बल बनाउन आँफैले पनि बिचार पुर्‍याउनु पर्ने बताउनुभयो।

bhakta daiवडाध्यक्ष लामाले मेयर पौडेलले इटहरी भर एउटै युनिफम तोकेर गलत गरेको भन्दै सबै स्कुलको एउटै युनिफर्म हुँदा स्कुल बाहिर बिद्यार्थी चिन्न समस्या हुने दावी गर्नुभयो।

कार्यक्रममा स्कुलका प्राचार्य मिलन राईले आगामी शैक्षिक सत्रदेखि कोटा प्रणाली लागु गरी बिद्यार्थी भर्ना गर्ने र सर्भशुलभ शुल्क लिई इटहरीमा एक नमुना र उत्कृष्ट विद्यालय बनाउने योजना समेत प्रस्तुत गर्नुभयो। उहाँले गरिब, पिछडिएको वर्ग तथा विभिन्न क्षेत्रहरुमा अब्बल रहेका बिद्यार्थीलाई स्कुलले बिशेष छात्रवृत्तिमा अध्यापन गराउने बताउनुभयो। 

dance oneकार्यक्रममा उद्घोषकका रुपमा सोहि स्कुलमा अध्ययनरत सौगात ढकाल, ऐना श्रेष्ठ, सविना याक्खा र दिपिका तामाङ आदि थिए। कार्यक्रममा स्वागत मन्तब्य भने कक्षा ७ मा अध्ययनरत छात्रा आइसा तामाङले राख्नुभयो।

स्कुलमा आगामी शैक्षिक सत्र २०८१ साल बैशाख ६ गते देखि शुरु हुने र नयाँ विद्यार्थी भर्ना गर्न सिमित सिटमा चैत्र २८ गते बुधबार विहान १० बजे विद्यालयमा अभिभावक अन्तर्वाता र नयाँ विद्यार्थीका लागी प्रवेश परीक्षा रहेको समेत विद्यालयका प्रधानाध्यापक मिलन राईले बताउनुभयो।

dance twoकार्यक्रम पश्चात अभिभावकहरुले निकै मनोरञ्जन लिएको बताउनुभयो। अभिभावकहरुले सेफर्ड चिल्ड्रेन एकेडेमीमा आप्ना छोराछोरीलाई अध्यापन गराउन पाउँदा निकै खुशी रहेको र स्कुलका गतिविधिहरुबाट सन्तुष्ट रहेको  जानकारी गराउनुभयो।