सुनसरी/ जिल्ला प्रहरी कार्यालय मोरङ्गले श्रावण महिनाको उत्कृष्ट प्रहरीको रुपमा प्रहरी जवान चण्डिमान राईलाई सम्मान गरेको छ। प्रहरी चौकी गछियामा दरबन्दि भई इलाका प्रहरी कार्यालय बेलबारीमा कार्यरत राईलाई जिप्रका मोरङ्गले उत्कृष्ट प्रहरीको रुपमा सम्मान गरेको हो।

बिभिन्न कसुरका १६जना ब्यक्तिहरुलाई श्रावण महिनामा मात्र पक्राउ गरेर कानुनी दायरामा ल्याउन सफल राईलाई जिल्ला प्रहरी कार्यालय मोरङ्गले श्रावण महिनाको उत्कृष्ट प्रहरीको रुपमा सम्मान गरेको हो। 69971217_749865812118028_7963591050138746880_n

प्रहरी जवान राई २०६७ सालमा प्रहरी महानिरीक्षक रमेशचन्द्र ठकुरीबाट सालमा पनि प्रहरी दिवसको अवसरमा पूर्व क्षेत्रमा उत्कृष्ट कार्य सम्पादन गरेको कदर स्वरुप सम्मानित हुनुभएको थियो। chandi

यस्तै प्रहरी निरिक्षक रामकुमार राई इलाका प्रहरी कार्यालय बेलबारीको प्रमुख भएको समयमा पनि प्रहरी जवान राईले उत्कृष्ट कार्य सम्पादन गर्दै इलाका प्रहरी कार्यालय बेलबारी र मातहतका प्रहरी कार्यालयले सेवा प्रदान गर्ने ठाउँहरुमा प्रहरीको मनोवल उच्च बनाउने खालका कामहरु गर्नुभएको थियो।