केराबारी/ मोरङ्गको केराबारीमा जारी ऐतिहासिक मच्छिन्द्रनाथ मेलाको छैटौँ दिन आज गायक प्रमोद खरेलको प्रस्तुती रहने भएको छ। आईतबार(आज) साँझ हुने कार्यक्रममा गायक खरेलले आफ्नो सांगितिक प्रस्तुती प्रस्तुत गर्ने भएका हुन्।

खरेलले ‘मुस्किल छ पोखरामा’,‘ओई झुमा झुम्कावाली’,‘यो कुरा योप्य नै राखौँला’,‘हंगामा भो’, झुम्मा झुम्मा, जस्ता चर्चित गित पस्कने छन्। यसअघि शनिबार साँफको कार्यक्रममा कलाकार उमेश राई ‘फुलन्देको आमा’ले आफ्ना प्रस्तुतीमार्फत केराबारीबासीलाई मन्त्रमुग्ध पारेका थिए।

नेपाल सरकारले अघि सारेको नेपाल भ्रमण बर्ष २०२०लाई लक्षित गर्दै गत मंगलबार शुरु भएको मच्छिन्द्रनाथ मेला पौष २१ गतेसम्म साँस्कृतिक झाँकिसहित सञ्चालन हुने र हरेक साँझ बिभिन्न कलाकारहरुले प्रस्तुती दिने कार्यक्रम रहेको मेला आयोजक समितिका बिमल चेम्जोङ्गले जानकारी दिनुभएको छ।

मेलामा केराबारी क्षेत्रमा उत्पादित सामाग्रीहरुको बिक्री, प्रदर्शन एवं प्रवर्धनका अतिरिक्त लोप हुन लागेका बिभिन्न संस्कृतिहरुको जगेर्ना गरिने जनाईएको छ।

बिभिन्न आदिवासी जनजातीको वाहुल्यता रहेको केराबारीमा जनजातीहरुको पहिचान बचाईराख्न र संस्कृतिहरुको प्रवर्धन गर्न मेलालाई यो बर्ष पनि निरन्तरता दिईएको मेला ब्यवस्थापन समितिका अध्यक्ष टंक बहादुर लिम्बुको भनाई छ।

केराबारी ८ स्थित मच्छिन्द्र खेल मैदानमा जारी मेलामा ८० भन्दा बढी स्टलहरु रहेको र मेला अवधीमा २० देखि २५ लाख सम्म खर्च हुने जनाइएको छ।