इटहरी/ सुनसरीको इटहरीस्थित बेदान्त हस्पिटलले कोरोना संक्रमितको घर–घरमा गएर स्वास्थ्य परामर्श दिन थालेको छ। युवासंघ इटहरी ५ वडा कमिटिको समन्वयमा हस्पिटलले संक्रमितको घरमै गएर औषधीसहित परामर्श शुरु गरेको हो। bedanta 4

हस्पिटलका प्रबन्ध निर्देशक इन्द्र श्रेष्ठका अनुसार डा.बिपिन बस्नेत, हेल्थ असिस्टेन्ट रञ्जन धिताललगायतले कोरोना संक्रमितको घरमै गएर औषधीसहित परामर्श दिन शुरु गरेको हो। bedanta 3

पहिलो चरणमा इटहरी ५का संक्रमितहरुलाई हस्पिटलले परामर्श दिएको श्रेष्ठले बताउनुभयो। घरमै डाक्टर गएर परामर्श दिँदा कोरोना जित्न हौसला मिलेको संक्रमितहरुले बताएका छन्।

राष्ट्रिय युवासंघका इटहरी ५का संयोजक केशव न्यौपाने र युवा संघका सुनसरी क्षेत्र नम्बर २ का संयोजक निशान बुढाथोकीले संक्रमितको घरमा पुग्न र औषधोपचारका निम्ति आवश्यक सहयोग गर्नुभएको छ। bebe6

केही दिनयता वडा ५ मा पनि कोरोना संक्रमित बढेकाले वडा कार्यालयले सो क्षेत्र सिल गरेको छ। त्यसैले सचेतना अभियान समेत सञ्चालन गरिएको न्यौपानेले बताउनुभयो। bedanta korona

त्यस्तै, हस्पिटलले इटहरीका सबै वडाका सम्पर्कमा आएका र मोरङको सुन्दरहरैँचाका गरि हालसम्म एक सय बढीलाई टेलिमेडिसनद्वारा निःशुल्क परामर्श गरि औषधी दिदैँ आएको छ। टेलिमेडिसिन सेवामा डा.आदर्श झाले समन्वय गरिरहेको हस्पिटलले जनाएको छ।