केराबारी/ नेकपा एमाले केराबारीको वडा अधिवेशनबाट ९ वटा बडामा पदाधिकारी चयन गरिएको छ। शनिबार भएको अधिबेशनले वडा नम्बर १ बाहेक सबै वडामा नेतृत्व चयन गरेको हो।

शनिबार भएको वडा अधिबेशनबाट वडा नम्बर २मा देविलाल लिम्बु, वडा नम्बर ३मा रामचन्द्र शाही, वडा नम्बर ४मा सुर्य बहादुर भण्डारी, वडा नम्बर ५मा अजय लिम्बु, वडा नम्बर ६मा मेघराज राई, वडा नम्बर ७मा केशव बराल, वडा नम्बर ८मा राजन थापा, वडा नम्बर ९मा बद्रिकुमार बिष्ट र वडा नम्बर १०मा तिलकबहादुर मगर चयन भएका छन्।

वडा नम्बर ७मा दोहोरिए केशव बराल 
शनिबार सम्पन्न वडा अधिबेशनमा यसअघिका वडा संयोजक केशव बराल दोहोरिएका छन्। यसैगरी उपाध्यक्षमा सुनिता याख्खा चयन हुनुभएको छ। यसैगरी सचिवमा उपेन्द्र घिमिरे, सहसचिवमा रिना बराल(कटवाल) र मणिचन्द्र लिम्बु चयन हुनुभएको छ। 777

शनिबार भएको वडा अधिबेशनमा नेपाली कांग्रेस र नेकपा माओबादी केन्द्र परित्याग गरेर करिव एकदर्जन ब्यक्ति नेकपा एमाले प्रवेश गरेका छन्। नवप्रवेशीहरुलाई एमाले प्रदेश कमिटि सदस्य खड्ग बहादुर बस्नेत, केराबारी ७ का वडाध्यक्ष नारायण चेम्जोङ्गलगायतले अबिर लगाएर स्वागत गर्नुभएको छ।