इटहरी/ इटहरीस्थित अटो सिटी (बजाज शोरुम)ले नेपाल प्रहरीलाई एउटा बिद्युतिय टेम्पो हस्तान्तरण गरेको छ। शुक्रबार अटो सिटीले एक कार्यक्रम गरेर प्रहरीलाई टेम्पो हस्तान्तरण गरेको हो।

शुक्रबार आयोजित कार्यक्रममा अटो सिटि इटहरीका प्रवन्धक प्रदिप सन्थलियाले प्रदेश नम्बर १का प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक(डिआईजी) अरुण कुमार बिसीलाई टेम्पो हस्तान्तरण गर्नुभयो। IMG_3779

कार्यक्रममा टेम्पोको चावि ग्रहण गरिसकेपछि बोल्दै प्रहरी नायव महानिरिक्षक(डिआईजी) अरुण कुमार बिसीले अटोसिटिका प्रवन्धक सन्थलियालाई धन्यबाद दिँदै यसले प्रहरीले समाजमा पुर्‍याउने शान्ति सुब्यवस्थामा थप मद्दत पुग्ने बिश्वास ब्यक्त गर्नुभयो। IMG_3790

उहाँले प्रहरीले समाजमा शान्ति सुब्यवस्था कायम गर्न समयमै पुग्न अटोले मद्दत पुर्‍याउने भन्दै प्रहरी कर्मचारीहरुलाई उच्च मनोबल लिएर काम गर्न निर्देशन समेत दिनुभयो।

कार्यक्रममा नागरिक समाज इटहरीका अध्यक्ष राजु केसी, समुदाय प्रहरी साझेदारी वडा समितिका संयोजक एवं इटहरी ६का वडाध्यक्ष दिपक गौतम, उद्योग बाणिज्य संघ इटहरीका अध्यक्ष भिम पौडेल, सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलगायतले बोल्नुभयो। बक्ताहरुले अटोसिटि इटहरीले पुर्‍याएको योगदानको चर्चा गर्दै यसले शान्ति सुरक्षा कायम गर्न थप मद्दत पुग्ने बिश्वास गर्नुभयो। IMG_3788

कार्यक्रममा अटोसिटी सञ्चालक प्रदिप सन्थलियाले उपस्थित सबैलाई धन्यबाद दिँदै आँफुले यसअघि पनि एउटा मोटरसाईकल र ५वटा साईकल प्रदान गरिसकेको स्मरण गर्नुभयो। IMG_3791 IMG_3785

उहाँले सामाजिक काममा आँफु सँधै काँधमा काँध जोडेर अघि बढ्न इच्छुक रहेको बताउनुभयो।

बजाजले नेपाल प्रहरीलाई प्रदान गरेको अटो इलाका प्रहरी कार्यालय इटहरीले प्रयोग गर्नेछ।