१) धरानमा स्थानीय तहको निर्वाचनलाई कसरी विश्लेषण गर्नु हुन्छ ?
-अहिलेको चुनाव एकदमै महत्वपुर्ण रहेको छ। धरान भनेको एक किसिमको कम्युनिष्टहरुको गढ भनिन्थ्यो। उप–निर्वाचनमा कम्युनिष्ट भनिएको धरानको विरासत ढल्यो। एमालेबाट उठेका मेयरका प्रत्यासी उम्मेद्वार प्रकाश राई पराजित भए। यसका थुप्रै कारणहरु छन प्रसङ आयो भने म भनौला।
२) यहाँको विश्लेषणमा गुमेको साख एमालेले स्थानिय निर्वाचनबाट फर्काउछ ?
-फर्काउने सम्भावना केहि कारणले छ । धरानले पहिलो पटक ऐतिहासिक अवसर पाएको छ । मानिसहरु आम नेपालीहरु धरानेहरु मात्र हैन सम्पूर्ण नेपालकाले समावेशी भन्छन् समानुपातिक भन्छन्, महिलाको कुरा गर्छन् । यहाँको महिलाहरु सांसदहरु भए तर कार्यकारी प्रमुख कोही महिला भएको छैन । तर पहिलो पटक धराने महिला उम्मेद्वार पाएको छ । त्यो पनि युवा, जोस जाँगरकी मन्जु भण्डारी योग्य उम्मेद्वार पाएको छ । दुई अढाई वर्ष उनले काम गर्दा खेरी उनी बदनाम भएकी थिईनन्, छैन । यस कारण भ्रष्टचार हुदैन भन्ने एउटा विश्वास छ । महिलाले नेतृत्व गरि सके पछि महिलाहरु महिलाकै पक्षमा हुन्छन् भन्ने मलाई लाग्दछ । धेरै कम ठाँउमा मात्रै महिला उम्मेद्वार भएका छन् । त्यसकारण पनि यसपालीको धरानको मेयरमा मन्जु भण्डारी सहितको उम्मेद्वारकै जित सुनिश्चित छ ।
३ एमालेको मन्जु भण्डारीले नै जित्ने आधार चाहि के छ त ?
-महिलाहरुलाई नेतृत्वमा पुर्याउने यसपालीको निर्वाचनमा देखिएन । त्यसैले महिलाको संभावना अहिले बढी छ। मैले त्यो सर्बेक्षण गरेको छु। सर्बेक्षण गर्दा मन्जु भण्डारीको जीत निश्चित छ भन्छन् । मैले सुकुम्बासीसँग पनि सोधे । धरानमा सुकुम्बासीको छ। उनीहरुको भोट बढी जता जान्छ उसले जित्ने सम्भावना छ। उम्मेद्वार पाउनु भन्दा पहिले पनि मैले सोधेको थिए । सुनसरी क्षेत्र नं १ का सांसद जयकुमार राई राजिनामा दिएर ल्याउनेकी, पूर्व मेयर मनोजकुमार मेन्याङ्बोलाई दिनेकी मन्जु भण्डारीलाई दिनेकी भनेर सोध्दा मन्जु भण्डारी पनि ठिकै छ भनेर भने ती जवाफ दिने एमाले पनि होइन कांग्रेस पनि होइन ती सामान्य सुकुम्बासी हुन् । त्यहिले गर्दा सम्भावना अलि बढी मन्जु भण्डारीको देखे । जित्ने मैले राम्रै देखेको छु ।
४) कत्ति मत अन्तरले तल माथि होला ?
-मत अन्तर, मेरो बिचारमा ४ देखि ५ हजारको मत अन्तरले हुन्छ । ४/ ५ हजार भनेको पनि धेरै हो । राम्रै लक्षण देखियो । म एमाले पनि हैन, एमालेको संगठन के छ थाहा छैन मलाई । एमालेलाई भन्दा पनि मन्जु भण्डारीलाई स्थानिय तहमा के हुन्छ भने हाम्रो बिजयपुरमा पनि त्यस्तै केस उठेको छ । उनीहरुले स्थानिय तहमा चाहि काम गर्न सक्नेलाई मत दिने भन्छन् । अब किशोर राईको म बिरोध गर्दिन कांग्रेसबाट उनी उमेरद्धार उठे ठिकै छ सक्रिय नै हुन् तर उनी माथि एउटा प्रश्न उठेको छ । उनले २० वर्षमा संयन्त्रमा बसेर के गरे। मन्जु भण्डारी त बसेको हैन। तारा सुब्बा बसे तर तारा सुब्बाले त्यस्तो केहि हस्तक्षेप गरेनन्। उनी धेरै बोल्दैनथे, मौन बस्थे। तर बोलि सकेपछि उनको कुरा कसैले काट्न सक्दैनथे। त्यस कारणले एमाले धरान नगरमा बदनाम भईसकेको छैन तर अहिलेको मुलुकको सबै तिर राजनीतिमा त भ्रष्टचार छ। खान जाने राजनीति व्यापार भएको छ। कमसे कम त्यो काम एमालेले गरेन। पूर्व मेयर ध्यानबहादुर राईको पालामा पनि गरेन पूर्व मेयर मनोजकुमार मेन्याङ्बोको पालामा पनि भ्रष्टचार भएन। यसअघिका मेयरका उम्मेद्वार प्रकास राई त हारिहाले। मन्जु भण्डारी पनि उपमेयर भएको बेला पनि उनले भ्रष्टचार गरिनन् ।
५) उम्मेद्वारले अव कस्ता एजेण्डा लिएर जनताको घरदैलोमा जानुपर्छ ?
-म के सुझाव दिन चाहन्छु भने, अब यस पालीको स्थानिय तहको निर्वाचनको लागि जो एमालेबाट मेयरको उम्मेद्वार हुनुहुन्छ मन्जु भण्डारी, वहाँले एउटा एजेण्डा तयार गर्नुपर्छ। त्यो एजेण्डा के हुन सक्छ भने सरकारले सामुदायिक विद्यालय कक्षा १० सम्म निशुल्क गरेको छ । तर पनि विद्यालयले कुनै न कुनै नाममा शुल्क लिने गरेको छ । त्यो शुल्कलाई चाहि पूर्ण रुपमा निशुल्क गर्नुपर्छ । त्यो एमालेको घोषणा पत्रमा आउनु पर्यो । सामुदायिक विद्यालयमा कक्षा १० सम्म कुनै पनि शुल्क लिनु हुदैन भनेर घोषणा पत्र बनाउनु पर्छ । त्यस्तो घोषणा पत्र बनाएर जनताको माझ जानु भयो भने एमालेले जित्छ। अझ मन्जु भण्डारीको व्यक्तित्व पनि राम्रो छ। यस्तो किसिमको घोषणा पत्र एमालेले बनाएको छ भने राम्रो बनाएको छैन भने पनि बनाउनु पर्यो, आम सभामा पनि राख्नुपर्यो । स्वास्थ्यमा ईन्स्युरेन्स गराउने जत्ति धेरै गराउन सक्छ। अरु विजुली पानीको विषयमा त्यो सम्भब छैन। किनभने हाम्रो सँस्कार के छ भने दिनमा १ सय लिटर पानी लाग्छ मान्छेलाई यसैगरी सरसफाई गर्न, घर पालुवा पशुलाई पनि पानी खुवाईन्छ । जसले अतिरिक्त पानी खर्च हुन्छ। त्यो धान्न सकिदैन । त्यसैले त्यो नहुने कुरा नगरौं । तर शिक्षा र स्वास्थ्य चाँहि हुन सक्छ । सरकारको पनि प्रतिवद्धता छ र स्थानिय तहको हेर्ने हो भने नगर पालिकाले गर्ने हो। त्यति नियन्त्रण एमालेले गरे एमालेले जित्छ, अरुले गरो अरुले जित्छ । किनभने अधिकांश जनता सुकुम्बासी छन्, यहाँका उनीहरुले पैसा तिर्न सक्दैनन् । त्यति गरे भने एमालेबाट मन्जु भण्डारीको विजय सुनिश्चित छ ।

६) यहाँ धरानको वडा नंबर १४ निवासी पनि हुनु हुन्छ, १४ नंम्बर वडामा एक खालको माहौल धरान उपमहानगर पालिका भित्र अलिक फरक देखिएको छ । नेपाली कांग्रेस परित्याग गरेर तत्कालिन वडा अध्यक्ष कृष्णप्रसाद भट्टराईले राप्रापाबाट उमेरद्धारी दिनुभएको छ । यसबाट मतदातालाई प्रभाव पार्न सक्छ भन्ने विश्लेषणहरु छ नि, यसमा के भन्नु हुन्छ ?
-धरान १४ को परिस्थिति बडो अप्ठ्यारो छ । त्यहाँ अहिले त्रिकोणात्मक द्वन्द देखिदैछ । कृष्णप्रसाद भट्टराई अघिल्लो स्थानिय तहको चुनाब कांग्रेसबाट चुनावामा उठे, उनी जन्मजात रुपमा कांग्रेस होईन । उनले चुनावमा उठ्दा कांग्रेस भएर उठे पनि सबै खाले पार्टीकाले उनलाई भोट दिएर वडा अध्यक्षममा जिताए। नराम्रो काम गरेन, काम गर्ने क्रममा पैसा कमि भएमा आफनै गोजीबाट पनि झिकेर पनि हाल्छ। उनलाई कांग्रेसले टिकट दिनुपर्थो, दिएन त्यो पनि ठिकै छ । कांग्रेसको नीति नियमले मिलेन दिएन । अहिले उनी राप्रापामा गए र उमेरद्धार दिए। उनले फिर्ता दिन्छ, दिदैन थाहा भएन । तर पनि भोट राम्रो ल्याउछन्। यसको लक्षण के छ भने धरान १४ मा एमालेको चिठ्ठा पर्छ जस्तो छ।
७) आम धरान नगरबासीलाई अन्त्यमा के भन्न चाहनु हुन्छ ?
-महिला नेतृत्व धरानले पाएको छ। त्यहि छ ठुलो कुरा, यो सफलता हो, गौरव हो। महिलाहरु, हाम्रो छोरी चेली, बुहारीहरु उनको उमेरद्धारी देखि खुशी छन् महिलाले उम्मेद्वार पायो भनेर। यसकारण यो अवसर धरानले गुमाउनु हुदैन। यो इतिहास हो। फेसि पनि महिलाहरुले पाउछन् भन्ने विश्वास छैन। किनकी यहाँ धेरै महिलाहरु एमालेका थिए त केन्द्रिय सदस्य भए । त्यो जोश जागर भएको त्यसमाथि पनि महिला भएको हुनाले यो अवसर धरान गुमाउनु हुदैन भन्ने मलाई लागेको छ।

-प्रा.डा. टंक न्यौपानेसँग प्रेस चौतारी धरानले गरेको कुराकानी