इटहरी/ चाडबाडमा भेला भएर सामुहिकता आधारित मनोरञ्जन लिने क्रम हराउँदै जाँदा इटहरी ३मा भने युवाले सामुहिकतालाई बढावा दिएका छन्। इन्टरनेटको बढ्दो प्रयोगसँगै यूवा पुस्ताले सामुहिकता त्याग्दै गएको बेला इटहरी ३का यूवाले यसलाई बढावा दिएका हुन्।

चाडबाड नजिकिएसँगै देखिने लिंगे पिङ हराईरहेको बेला इटहरी ३का यूवाले आईतबार स्थानीय खेल मैदानमा लिंगे पिङ हालेर सामुहिकतामा आधारित मनोरञ्जन लिने क्रम नहराएको शन्देश प्रवाह गरेका हुन्। kroyesiya

इटहरी ३का यूवा भुपेन डुम्जन लामाले यूवा कुलतमा फस्ने क्रम बढिरहेका बेला केहि हद सम्म भएपनि रोक्ने अनि यूवालाई समुदायमा घुलमिल गराउने उद्देश्यले लिंगे पिङ हालेको बताएका छन्। ping 3

लामाले पहिला पहिला सयौँ यूवा भेला भएर खेल्ने पिङ हराउन लागेको भन्दै यूवा पनि सामुहिक रुपमा मनोरञ्जन लिन छाडेर पब्जी एवं फ्रि फायरमा हराउन थालेको भन्दै सामुहिक भावनाको बिकास गर्न पिङ हालेको बताएका छन्। ping 2

आईतबार स्थानीय यूवाले विधिवत रुपमा पुजाआजा गर्दै पिङ हालेका हुन्।